झापा। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन हल्दिबारी गाउँकमिटी द्वारा निबन्ध लेख्न प्रतियोगिता आयोजना गरिएको छ ।

आधारभूत तह (कक्षा-८) कक्षा-९ र एसईइ तयारी विद्यार्थीका लागि निबन्ध लेख्न प्रतियोगिता आयोजना गरिएको छ ।

अनेरास्ववियु हल्दिबारीले प्रतियोगितामा हल्दिबारी गाउँपालिका भित्र बसोबास गर्ने बिधालयका बिद्यार्थीलाई सहभागी बन्न अपिल गरेको छ ।निबन्ध लिखित रुपमा लेखेर SCAN गरी इमेल मार्फत अनलाइन बाट पठाउन वा सम्भव भए लेखेको पत्र नै आयोजक लाई बुझाउनु पर्ने नियम रहेको छ ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने लाई रु १५०० ,दोस्रोलाई रु १००० र तेस्रो हुने लाई रु५०० प्रमाणपत्र सहित हस्तान्तरण गरिने बुझिएको छ ।

प्रतियोगीहरुले कार्यक्रममा सहभागी बन्न ११ वटा नियम पालना गर्नु पर्ने छ ।
नियमहरु यश प्रकार रहेका छन:-
१) यस प्रतियोगितामा कक्षा-८,९ र कक्षा-१० को विद्यार्थी मात्र सहभागी बन्न पाउने छन ।
२) एक विद्यालय बाट कक्षा-८,९ र कक्षा-१० बाट प्रतिनिधित्व हुने गरेर एक छात्रा एक छात्र गरेर एक विद्यालय बाट जम्मा दुई जना विद्यार्थीले प्रतिनिधित्व गर्ने पाउने छन।
३)सहभागी विद्यार्थीले आफ्नो व्यक्तिगत विवरण ( नाम थर , कक्षा,ठेगाना ,विद्यालयको नाम र ठेगाना,आफ्नो सम्पर्क नम्बर )स्पष्ट लेख्नु पर्ने छ ।
४)सहभागी विद्यार्थीको प्रमाण सम्बन्धित विद्यालले आफ्नो लेटर प्याड मार्फत पत्रमा उल्लेख गरे मात्र मान्ने हुने छ ।
५)निबन्ध घटिमा ३०० र बढीमा ५०० शब्दको हुनु पर्ने छ ।
६)निबन्ध विशुद्ध आफ्नो मौलिक हुनु पर्ने छ ।काहीं कतै बाट सारिएको पाइएमा मान्य हुने छैन ।
७)निबन्धको भाषा अङ्ग्रेजी वा नेपाली कुनै एक भाषामा लेख्नु पर्ने छ ।
८) निबन्ध Hard copy ,soft copy ,SCAN जे भए पनि एक रुपमा स्पष्ट रुपमा पठाउनु पर्ने छ ।
९) तोकिएको समय भन्दा बाहेक आएका निबन्ध लाई प्रतियोगितामा रद्द गरिने छ ।
१०)निबन्ध बुझाउने मिति २०८०/११/२७ गते सम्मलाई हुने छ ।
११)निबन्धको नतिजा प्रतियोगिले येसै फेस्बुक पेज मार्फत जानकारी पाउने छन
१२)पुरस्कार वितरण गर्ने बेला बिजेतालाई फोन मार्फत जानकारी गराइने छ । पुरस्कार लिन सहभागी आफै उपस्थित हुनु पर्ने छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार