हल्दिवारी ,२४ चैत्र  । हल्दिवारी गाउँपालिकामा ” योगदान रास्ट्रको लागि ”  हल्दिवारी कार्य समिति  पंकज शाहको अध्यक्षतामा गठन  गरिएको छ ।

‘प्राथमिक उपचार हाम्रो सरोकार’भन्ने मुल नारा सहित योगदान रास्ट्रको लागि गाउ समिति गठन गरिएको जनाइएको छ ।

कार्यसमितिमा अध्यक्षमा पंकज शाह ,उपाध्यक्षमा अदिती काफ्ले ,सचीवमा भिम भट्टराई ,सहसचिवमा सनदिप गुरुङ र कोषाध्यक्षमा सलिना भट्टराई चयन भएका छ्न ।

त्यसैगरी सदस्यहरुमा बिस्णु प्रसाद कोइराला ,होमनाथ अधिकारी , पवन गिरी ,सत्यम गिरी ,जीवन खतिवडा र अनिसा काफ्ने रहेको जनाइएको छ ।

नेपालमा प्राथमिक उपचार सम्बन्धि ज्ञान, देशमा आइपर्ने बाढी पहिरो, माहामारी दुर्घटना तथा आपतकालिन अवस्थामा जनशक्तिको विकास गरेर स्वतन्त्र स्वयंसेवक खडा गरि समृद्ध समाज निर्माणलाई टेवा दिन सामाजिक संस्था गठन गरिएको कार्यक्रममा योगदान रास्ट्रको लागि झापा जिल्ला अध्यक्ष प्रदिप कुमार संग्रौलाले बताएका छ्न ।

हल्दिवारी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष सन्तकुमार थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार