बिर्तामोड, २८ फागुन । ‘कोशी प्रदेश’ नाम खारेजीको माग गर्दै आम हड्तालमा उत्रिएका बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेशभरबाट ‘कोशी प्रदेश’ नाम खारेजीको माग गर्दै आम हड्तालमा उत्रिएका पाँच सय भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको संघीय लिम्बुवान पार्टीका कोषाध्यक्ष एलपी पालुङ्वाले जानकारी दिनुभयो ।
यता, झापाको बिर्तामोडबाट छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मित्र लिङदेन, सामी पालुङ्वा, आइदेव राई लगायतलाई नियन्त्रणमा लिएको कोषाध्यक्ष पालुङ्वाले बताउनुभयो । प्रहरीले नियन्त्रण गरे पनि हड्तालको कार्यक्रम भने निरन्तर रहने उहाँको भनाइ छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको उहाँको आरोप छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1