१३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई सरकारले नगद पुरस्कारको घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख, रजत पदक जित्नेलाई छ लाख र काश्य पदक जित्नेलाई तीन लाख पुरस्कार दिने घोषणा गरेका छन्।

एकभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीलाई प्रति स्वर्ण पदक ११ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको छ।

नेपाल सरकारले खेलाडीहरूलाई प्रदान गर्ने घोषणा गरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार रकम हो।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार