काठमाडौं । नेपालमा हालसम्म नेपालमा हालसम्म ७ लाख ७३ हजार संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार मात्रै ९११ जना निको भएका छन् । बिहीबार थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ६७२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ७९० जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ७ लाख ७३ हजार जना निको हुँदा ११ हजार २०० जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १५ हजार ९४२ जना रहेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा बिहीबार थप २९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँमा २०७, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन्।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार