राजनीति
राजनीति भनेको नीतिहरू मध्ये उच्चनीति भएकोले “राजनीति” भनिएको हो, राजनीति भनेको बिशुद्ध समाजसेवा हो। हाम्रो देश नेपालमा राजनीति गर्ने ठाउँ प्रशस्त हुदाहुदै पनि ठाउँ किन पुगिरहेको छैन।  समाजसेवालाई नै मुख्य आधार बनाएर निर्वाचनमा भागलिने यस क्षेत्रमा मात्र हैन देशैभर सबै पार्टीमा कति नेता छन यो छानबिनको बिषय बनेको छ।
नेपालको जनसंख्या:-
केन्द्रीय तथ्यांक विभागले १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ। प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २,९१,९२,४८०/-  छ । १० वर्षअघि नेपालको जनसंख्या २,६४,९४,५०४/- थियो । गएको १० वर्षको तुलनामा नेपालको जनसंख्या २६,९७,९७६/- ले बढी हो। १० वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बढेको देखिन्छ । गएको १० वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत देखिएको छ । त्यो अघिल्लो जनगणनामा १.३५ प्रतिशत थियो।   जनगणनाको प्रारम्भिक तथ्यांकानुसार पुरुषको तुलनामा महिलाको जनसंख्या बढी देखिएको छ ।  १,४२,९१,३११/-  जना पुरुष (४८.९६%) र  १,४९,०१,१६९/- महिला (५१.०४%) देखिएको छ । १० वर्षअघि ०६८ सालको जनगणनामा कुल जनसंख्यामध्ये पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५ प्रतिशत र ५१.५ प्रतिशत थियो । हालको प्रारम्भिक नतिजाअनुसार लैंगिक अनुपात (१०० जना महिलामा पुरुषको संख्या ९५.९१ रहेको छ

निर्वाचित जनप्रतिनिधि संख्या

१) संघिय संसद प्रत्यक्ष तर्फबाट १६५ र                समानुपातिक तर्फबाट ११० गरि २७५ निर्वाचित हुने ब्यबस्था छ।
२) यसै गरि राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट “आठ” जना गरि सात प्रदेशबाट ५६ जना र तीनजना मनोनीत गरि ५९ सदस्य रहने ब्यबस्था छ,
३) प्रदेशसभामा ५५० जना सदस्यको ब्यबस्था गरिएको छ। जसमध्ये ६० प्रतिशत निर्वाचित बाट अर्थात ( १६५×२=३३० ) जना र समानुपातिक तर्फ बाट २२० जनागरि ५५० जना निर्वाचित हुन्छन।
४) स्थानीय तह संख्या:-

महानगरपालिका ६
उपमहानगरपालिका ११
नगरपालिका २७६
गाउँपालिका ४६० गरि जम्मा  ७५३ स्थानीयतह  छन।

५) ७५३ स्थानीय तहमा ६,७४३ वडा रहेका छन।
स्थानीयतहमा नगरप्रमुख २९३ र उपप्रमुख २९३ गाउँपालिका अध्यक्ष ४६० र उपाध्यक्ष ४६० निर्वाचित गरि १ हजार५ सय ६ निर्वाचित हुन्छन।
वडा अध्यक्षमा ६,७४३
सदस्य तर्फबाट १३,४८६
दलितमहिला बाट अनिवार्य ६,७४३
महिलाबाट अनिवार्य ६,७४३
गाउपालिकामा मनोनीत ९२०
नगरपालिकामा मनोनीत ८७९ गरि स्थानीय तहमा
जम्मा ३७,०२० जना निर्वाचितहुने ब्यबस्था गरिएको छ।
यसरी हेर्दा हाम्रो तीनतहको सरकारमा निर्वाचित, मनोनीत र समानुपातिकबाट गरि जम्मा ३७,९०४/- जना जनप्रतिनिधि निर्वाचित हुने ब्यबस्था गरिएको छ।
नेपालको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार २,९१,९२,४८०/-रहेकोछ।जनसङ्ख्याको  अनुपातमा निर्वाचित प्रतिनिधिहरू
०•१२९८४२% अर्थात ३७,९०४/- निर्वाचित हुने ब्यबस्था गरिएको हुँदा समेत राजनीति गर्ने ठाउँ पुगि रहेको छैन, यो किन भई रहेको छ, किन मानिसहरू राजनीतिमा मात्र आकर्षण भइरहेका छन यसैको सेरोफेरोमा लेख मार्फत लेखलाई बाध्ने जमर्को गरेको छु।

हाम्रो देशमा यति ठूलो संख्यामा जनप्रतिनिधिहरू निर्वाचित हुदा रहेछन, उनीहरू सबै समाजसेवाको भावलाई मुख्य आधार बनाएर राजनीतिमा प्रवेश गरेका हुन त ? यी प्रश्नहरूले राजनीति गर्ने राजनीतिज्ञ नेताहरूलाई नै गिज्याइ रहेको लाग्छ,  हामीले समग्र देश भरिको ऑकडा हेर्नै पर्दैन, हाम्रो झापा क्षेत्र नम्बर:- १ मा २०४८ र २०५१ मा निर्वाचित तत्कालिन प्रतिनिधि सभाका सदस्य क्रमश राधाकृष्ण मैनाली र देबि ओझा बिजयी बनेका थिए उनीहरूले के गरे त क्षेत्र नम्बर-१ को बिकाशका लागि भनेर प्रश्न गर्नुभन्दा पनि कस्ता प्रतिनिधिलाई नेकपा एमालेले सासंदमा उमेदवार उठाउदो रहेछ ता कि बिजयी बनिसकेपछि संसदबाट कुम्ल्याउने अनि त्यो पार्टीमा नबस्ने भनेर सोध्ने दिन आएको छ साथै २०५४ सालमा मेचिनगर नगरपालिकामा मेयरमा निर्वाचित बनेका रविन कोइरालालाई नेकपा एमालेले  पुन: २०७० सालको सम्बिधान सभाको निर्वाचनमा उमेदवार बनाएको थियो  उनले नेपाली काङ्ग्रेसका राम कट्टेललाई मेयरमा करिब एकहजार मतान्तरले र सम्बिधानसभा सदस्यमा बिश्वप्रकाश शर्मालाई ६८९ मतान्तरले बिजयी बनेपछि यसक्षेत्रको  बिकासको लागि के के गरे यो अनुत्तरित प्रश्न तेर्सिएकोछ। र उनि तत्कालिन बाहुण्डागि :-५ बाट आएर मेचिनगर :-१३ मा बस्दाको हैसियत र आजको उनको आर्थिक हैसियतको बारेमा के प्रगति भएको छ ? यसको लेखाजोखा गर्ने जिम्मा तपाई/ हामी नगरवासीलाई नै छाड्नुपर्छ जस्तो लाग्यो। त्यसैले मेचिनगर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूलाई बिश्लेषण गर्ने हो भने हाम्रो पहिलो रोजाई राजनीति किन ? भन्ने स्पष्ट हुन्छ।

राजनीति गरेर मेयर, प्रदेश संसद र संङ्घिय संसद बनेपछि निर्वाध रूपमा ब्यापार, ब्यबसाय उध्योग धन्दा, कल कारखाना, क्रसर आदि कुनै रोकटोक चलाउन पाएपछि राजनीतिमा नै आकर्षण बढेपछि  समाजसेवाको भाव काहा झल्किन्छ ? यी प्रश्नहरू अनुत्तरित छन, यस अघि निर्वाचित मेयर ,संङ्घिय र प्रदेश सदस्यहरूले के के निर्वाध रूपमा चलाई रहेका छन, निर्वाचित हुनु अघि र हाल उनीहरूको अवस्थाको बारेमा यो लेखमा लेख्न मन लागेन  किनकि यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूको आर्थिक उन्नति बारेमा क्षेत्रवासी मतदाताहरूलाई नै मूल्याङ्कन गर्ने जिम्मेवारी दिनुपर्छ। यसरी मुल्यांकन गर्दा नै थाहा हुन्छ, राजनीति गरेर समाजसेवा झल्किन्छ वा अनैतिक तरिकाबाट अकुत सम्पत्ति कमाइने रहेछ भन्ने स्पष्ट हुन्छ। प्रदेश सदस्यको समय बाँकी रहदा रहदै “ख” प्रदेशबाट निर्वाचित सदस्य गोपालचन्द्र बुढाथोकी  मेचिनगर नगरपालिकाको मेयर पदमा उमेदवार बनि निर्वाचित बनेको उदाहरण ताजा नै छ
याहाबाट २०४८, २०५१, २०५४, २०५६, २०६४, २०७० र २०७४  सालसम्म संसद र मेयरमा निर्वाचित हुनु अघि निर्वाचित सदस्यहरूको आर्थिक हैसियत के थियो र अहिले काहा/देखि काहा सम्म पुगेको छ,घाम लागेर टलल टल्के झै टल्किएको देखिन्छ। राजनीतिज्ञ बनेर महल बनाउनेहरूको नाम लिनै पर्दैन आफ्नो क्षेत्र र नगरबासीहरूले आफ्ना निर्वाचित जनप्रतिनिधिको  मुल्यांकन आफै गर्दा राम्रो हुनेछ।

झापा क्षेत्र नम्बर-१ बाट बिगत २०७०, २०७४ को आम निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उमेदवार बनेका हाल नेपाली काङ्ग्रेसका केन्द्रीय महामन्त्री बिश्वप्रकाश शर्मा ,पहिलो निर्वाचनमा ६८९ र दोस्रोमा २८६३ मतान्तरले उप बिजेता भएपनि उनको घर मेचिनगर १० मा भएको साथै यसै क्षेत्रका मतदाताहरू संग निरन्तर सुख दु:ख, मर्दा/ पर्दा, औषधि उपचार गर्दाहोस, रिङ्गरोड,कुलो,पैनी,  बिध्यालय,बाटा घाटा मर्मत सम्भार देखि लिएर सबैखाले समस्या संग हातमा हात र काँधमा काँध मिलाएर क्षेत्रवासी संग जुटिरहेका पाउछौं। के सतार जातिको घर जलेपछि घर निर्माण गरेर हस्तान्तरण गर्नेकुरा होस,अर्थात पिछडिएको सतारजातिको नै सिसम मार्दी +2 law faculty मा अत्यन्त राम्रो प्रतिफल ल्याएरपनि गरिवीका कारण बाहिर पढ्न जान नसक्दा घरमा नै बसेको अवस्था थाहा पाएर उनीलाई नेपाली काङ्ग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले काठमाण्डौको एउटा कलेजमा निःशुल्क पढ्न,  होस्टलमा खाना खाने बस्ने वातावरण बनाईदिनु भएको अवस्था होस, उनै उपबिजेता बिश्वप्रकाश शर्माले नै अपठेरा कामहरू गरेका छन।   आज सिसम र उनको घरपरिवारमा खुशी छाएको छ। पढ्न नपाएर उत्पिडनमा परेकी चेलीको उद्धार गरेकोमा महामन्त्री बिश्वप्रकाश शर्मालाई बधाई दिनुपर्छ। यी कामहरू लेख मार्फत पुष्टि गरिराख्नु पर्दैन , नीलो आकाश झै छर्लङ्ग छर्लङ्गिएकोछ ।

हामीले “हिजो राजनैतिक परिवर्तन गरेउ,अब राजनीतिमा परिवर्तन गर्छौ” ब्यबस्थालाई बदलि सकेका छौ , अब अवस्थालाई बदलेर सिंहदरबार देखि बदल्न चाहान्छौ र गाउँसम्म बदलेर अबको पन्ध्र बर्षभित्रमा बिकसित मुलुकको दाँजोमा पुर्याउन कोशिष गर्ने छौ, भन्दै अघि भन्छन हामी कुनै देशको पराधिन भएनौ, पराजित पक्कै भएका छौ, हिजो हाम्रो देश पूर्वमा टिष्टा र पश्चिममा किल्ला काॅङ्गडा पुगेको हैन र सन १८१६ को सुगौली सन्धिले हाम्रो भूभाग इष्ट इण्डिया कम्पनीले लगेकै हो । हाम्रो अधीनमा रहेको करिब दुईतिहाई भूभाग गुमाउनु परेको इतिहास साक्षी छ। चुनाव जित्नु र हार्नु ठूलोकुरा हैन, हिजो हाम्रा पुर्वज सहिदहरूले आफ्नो शरीर बलिदान गरे, देशको लागि रगत बगाएर प्राप्त गरेको लोकतन्त्रलाई हामीले इमानदारीपुर्वक पसिना बगाएर देश बनाउने अठोट गरिउ भने पक्कै देश बनाउन सकिन्छ।
उनी काठमाण्डौ क्षेत्र नम्वर-५ बाट निर्वाचनमा भागलिने कुरा चलेपछि त्यस सम्बन्धमा स्पष्ट पार्दै भन्छन, म मेचि र निन्दा नदी किनारको मान्छे, मेरा पिता र मातालाई त्यही निन्दा नदीमा अन्त्येष्टि गरेको छु त्यसैले उनीले एक अन्तर्वार्तामा भनेका छन #प्रेम उता घरजम यता#कदापि हुदैन म झापा क्षेत्र नम्बर-१ मा नै निर्वाचनमा भागलिन्छु, भनेपछि हामीले यस क्षेत्रबाट लगातार दुई/दुई पटक उपविजेता बन्दा पनि यही क्षेत्रका नागरिकको चाहनाअनुसारको बिकाश गर्दै समृद्ध बनाउने लक्ष राखेका बिश्वप्रकाशलाई बिजयी बनाउन सकेनौ हामी दुखि छौं ।

नेकपा एमालेबाट गौरादह नगरपालिका स्थायी घर र  बसोवास भएका अग्नि खरेल झापा क्षेत्र नम्बर-१ का लागि उम्मेदवार बनेर आएका छन, उनी केपी ओलीका बिश्वासपात्र मानिन्छन। उनी क्षेत्र नम्वर २ बाट उठ्ने चर्चा भएपछि पुर्व मन्त्री एवम पुर्व  महान्यायाधिवक्ता खरेलले बिर्तामोडमा घर किनेर क्षेत्र नम्बर २ मा नै निर्वचनमा भाग लिन तयारी गरिरहेका थिए। पुराना नेता देवराज घिमिरेलाई ब्यबस्थापन गर्ने क्रममा एमाले पार्टीले क्षेत्र नम्वर १ मा उमेदवार बनाइएको हो। सम्बिधानले नेपाल अधिराज्यभर जुन क्षेत्रबाट पनि उम्मेदवार बन्न पाउने ब्यबस्था गरेपनि आफु जाहा हुर्कियो बढियो पढियो त्यहीका साथीहरूसंगको माया ममता अपार हुनुपर्ने ,त्यहीको प्रकृतिसंग रमाउनु पर्ने थियो तर त्यसो गर्न किन रूचाएनन सबैको जिज्ञासा रहेको पाउछौ, त्यही क्षेत्र बाट उमेदवार बन्ने चाहाना गर्नुपर्ने थियो तर किन त्यसो गर्न सकेनन, उनलाई त्यो क्षेत्रका आफ्नै साथीहरूले  रूचाउदैनन त्यसैलै पनि पाहुनाको रूपमा सारिएको हुनसक्छ कि भन्ने अनुमान यस क्षेत्रका मतदाताले लगाउदै आएका छन। उनी पदमा रहदा उनले  गरेका नराम्रो कामको बारेमा भिडियोहरू सार्वजनिक भएको पाएकाछौ। त्यसैले यो निर्वाचनमा यसै क्षेत्रका हाल सम्म कुनै लाभको पदमा नबसेका स्वच्छ छवि भएका उमेदवारलाई बिजयी बनाउने अठोट मतदाताले बनाएको पाउछौं।

झापा क्षेत्र नम्बर :-१ लाई एककदम अघि बढेर भन्नुपर्दा यो क्षेत्रबाट आउदा दिनमा प्रधानमन्त्रीको कुर्सीमा बसेर कामगर्न सक्ने सुयोग्य ब्यक्तिको रूपमा परिचित छन। बिश्वप्रकाश शर्मा यसै क्षेत्रको समस्या  संग जुद्धैभिड्दै मतदाताहरूको साथमा नै निरन्तर छन, यहीको  प्रकृति संग रमाउदै आएका छन, यही मङ्गसिर:- ४ गते हुने संङ्घिय निर्वाचनमा बिश्वप्रकाश शर्मामाको टिमलाई नै रोजौं, प्रदेश “क” बाट गोपाल तामाङ र “ख” बाट श्यामबिर लिमुबुलाई  नेपाली काङ्ग्रेसको चुनाव चिन्ह #रूख# चिन्हमा नै स्वस्तिक छाप लगाई मतदान गरेर अत्याधिक मतान्तरले बिजयी बनाउन, क्षेत्र नम्बर-१ का आदर्णिय मतदातामहानुभावहरू समक्ष हार्दिक अपिल र अनुरोध गर्दछु।धन्यबाद
नारायणबहादुर बस्नेत
मेचिनगर:- ८ झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार