विवादास्पद अनलाइन इन्फ्लुएन्सर एन्ड्रयू टेट रोमानियामा पक्राउ परेका छन् । रोमानियामा मानव बेचबिखन र बलात्कारको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो । टेटलाई उनका भाइ ट्रिस्टनसँगै हिरासतमा राखिएको लिइयो र बुखारेस्टमा रहेको उनीहरूको घरमा छापा मारिएको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार उनका भाइका वकिलले उनलाई हिरासतमा राखेको पुष्टि गरेका छन् ।

टेट सन् २०१६ मा चर्चामा आए । त्यतिबेला एक महिलामाथि हमलाका कारण उनलाई टिभी शो बिग ब्रदरबाट निकालिएको थियो । उनलाई ट्विटरले पनि प्रतिबन्ध गरेको थियो किनभने उनले यौन हिंसाका लागि महिलाले जिम्मेवारी लिनुपर्छ भनेका थिए । यद्यपि, पछि उनको अकाउन्ट एक्टिभेट गरिएको थियो । अभियोजकहरूले रोयटर्सलाई चार व्यक्ति पक्राउ परेको जानकारी दिए । उनीहरु महिलालाई पोर्न बनाउनका लागि बाध्य पार्ने मानिसहरुको एक समुहको हिस्सा भएको अनुमान गरिएको छ ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार