छेउमा जलिरहेको चिता
रुदै गरेका आफन्त
सुक्क सुक्कका आवाजहरु
सुन्यतालाई चिर्दै
सोधिरहेछ…?

म जब तिमीहरू संग थिए
दुखित थियौं सबै
फरक थिए ब्यवहारहरु
फरक थिए आफन्त
पल पल रुदै थिए म
त्यस पल पनि एकान्तमा
सोधिरहेको थिए…?

आज संसार बाट बिदा हुदा
यस चितामा म एक्लै हुदा
केही दाउराले
जलाउदै गर्दा
शान्तै थिए म
रुदै थियौ तिमी ।

सायद डर थियोे तिमीलाई
म फेरि यसरी नै जल्नु छ भनी
आफुले गरेका ब्यवहार सम्झि
ठुला ठुला स्वरमा
यता उता हेर्दै
तिमी रुदै गर्दा
शान्त थिए म
सबैका सामु तिमी रुदा
सान्त्वना हातहरु धेरै थिए
म रुदा
मेरो आँसु पुच्छने कोही थिए
थिईन अग्नि लाई सात फेरा
साक्षी राखेर
बा आमाले
बाल्यकाल मै दुलही बनाई
भित्रियाई दिएकि तिमीहरू कि आमा।

उसले छोडेर गए देखि
मेरा आँखा कहिले अोभानो भएनन्
त्यस बेला पनि
रुदै थिए एक्लै म
जसरि हिजो तिमीले रुवाउदा
रुदै थिए म
आज चितामा शान्त छु म
रुदै छौ तिमीहरू ।।

छेउमा जलिरहेको चिता
रुदै गरेका आफन्त
सुक्क सुक्कका आवाजहरु
सुन्यतालाई चिर्दै
सोधिरहेछ…?

म जब तिमीहरू संग थिए
दुखित थियौं सबै
फरक थिए ब्यवहारहरु
फरक थिए आफन्त
पल पल रुदै थिए म
त्यस पल पनि एकान्तमा
सोधिरहेको थिए…?

आज संसार बाट बिदा हुदा
यस चितामा म एक्लै हुदा
केही दाउराले
जलाउदै गर्दा
शान्तै थिए म
रुदै थियौ तिमी ।

सायद डर थियोे तिमीलाई
म फेरि यसरी नै जल्नु छ भनी
आफुले गरेका ब्यवहार सम्झि
ठुला ठुला स्वरमा
यता उता हेर्दै
तिमी रुदै गर्दा
शान्त थिए म
सबैका सामु तिमी रुदा
सान्त्वना हातहरु धेरै थिए
म रुदा
मेरो आँसु पुच्छने कोही थिए
थिईन अग्नि लाई सात फेरा
साक्षी राखेर
बा आमाले
बाल्यकाल मै दुलही बनाई
भित्रियाई दिएकि तिमीहरू कि आमा।

उसले छोडेर गए देखि
मेरा आँखा कहिले अोभानो भएनन्
त्यस बेला पनि
रुदै थिए एक्लै म
जसरि हिजो तिमीले रुवाउदा
रुदै थिए म
आज चितामा शान्त छु म
रुदै छौ तिमीहरू ।।

✍️ लेखक : पुष्प आर जे

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार