हल्दिबारी, २६ बैशाख । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् ।जिओ न्युजलाई उद्धृत गर्दै इस्लामावाद हाईकोर्ट बाहिरबाट पाकिस्तानी रेंजर्सले उनलाई पक्राउ गरेको बताइएको हो । पीटीआईका वकिल फैसल चौधरीले उनको पक्राउको पुष्टि गरेका छन् ।

इमरान खानले आफु माथीको आरोपको निन्दा गर्दै आरोपलाई ‘अत्यन्तै गैरजिम्मेवारपूर्ण र आधारहीन’ भनेका छन् । तर पक्राउबारे औपचारिक वक्तव्य भने आएको छैन ।

सेनाको मिडिया शाखा  इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) द्वारा कडा शब्दकाे बयानमा पनि भनिएको छ कि इमरान खानको मनगठित र दुर्भावनापूर्ण आरोपहरू अत्यन्त दुर्भाग्यपूर्ण, निन्दनीय र अस्वीकार्य छन्।

विज्ञप्तिमा अनुसार उनले विगत एक वर्षदेखि सेना र गुप्तचर निकायका अधिकृतलाई राजनीतिक उद्देश्यका लागि निशाना बनाइरहेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार