१७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता बिहीवार  देखि काठमार्डौमा शुरू भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल पर्यटन वोर्ड, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासंघको आयोजनामा मेला शुरू गरिएको हो ।

हस्तकला उद्यमीबाट उत्पादित सामानहरूलाई देश तथा विदेशमा प्रवर्द्धन गर्न, लघु तथा घरेलु नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा सहभागी गराउन, बिक्रेता र क्रेताबीच व्यवसायिक सम्बन्ध विकास गर्न र व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचार प्रसार गर्न मेलाको आयोजना गरिएको हस्तकला महासंघका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले बताए ।

मेलामा भारत, श्रीलङ्का र बङ्गलादेशलगायत विभिन्न देशका २० वटा विदेशी स्टलहरू र बाँकी नेपाली स्टलहरू गरी २ सय स्टल रहेका छन् । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरू प्रदर्शनमा राखिएका छन् ।

मेलामा स्वदेश तथा विदेशका गरी एक लाख अवलोकनकर्ताहरूलाई सहभागी गराई दश करोडको ब्यापार गर्ने लक्ष्य रहेको छ । बिहीवारदेखि शुरू भएको मेलाको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गरेका छन् । मेला आगामी पाँच दिनसम्म चल्नेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार