एजेन्सी। भारतमा जारी देशव्यापी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या २३ पुगेको छ।नागरिकतासम्बन्धी नयाँ कानुनी व्यवस्थाको विरोधमा केही दिनदेखि जारी आन्दोलनका क्रममा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा हिजो मात्र ६ जनाको मृत्यु भएको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन्।

मुस्लिम विरोधी रहेको भनिएको नयाँ कानुनको विरोधमा मारिने अधिकांश युवा रहेको बताइएको छ। आन्दोलनका क्रममा भारतीय जनता पार्टीले शासन गरेका राज्यहरुमा बढी दमन भएकाले मारिनेहरुको संख्या बढेको बताइएको छ।

भारतको सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेश राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको दलले सरकार चलाएको छ। प्रदर्शनकारीले दर्जनौ सरकारी सवारीसाधन र सार्वजनिक, निजी भवनहरुका तोडफोड गरेको बताइएको छ।

अन्दोलनकारीले प्रहरी चौकीमासमेत आक्रमण गरेका छन्। सुरक्षाकर्मीले इन्टरनेट सेवा अझै बन्द गरेको छ भने प्रदर्शनका क्रममा सुरक्षाकर्मीको दमनका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरिएका छन्।

करिब एक हजार प्रदशर्नकारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। सरकारले थप हिंसा फैलाउन सहयोग पुग्ने सामग्री प्रकाशन र प्रसारण गर्नसमेत सञ्चारमाध्यमहरुलाई रोक लगाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मुसलमानहरुलाई विभेद गरेर नागरिकता सम्बन्धी नयाँ कानुनी व्यवस्था गरेको आरोप लागेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार