काठमाडौ । गैरआवासीय नेपाली संघ ,एनआरएनए,ले काठमाडौंका विभिन्न ठाउँमा सार्वजनिक शौचालय बनाउने प्रक्रिया अगाडि बढाएको छ । संघले उपत्यकाका विभिन्न चोकमा बनाउन थालेका शौचालयको प्रारम्भिक ढाँचा पनि सार्वजनिक गरेको छ ।

संघका अध्यक्ष कुमार पन्तले शौचालयको प्रारम्भिक ढाँचा सार्वजनिक गर्दै सबैसँग सुझाव, प्रविधि वा नवीन उपाय दिन आग्रह गरेका छन् । उनले एनआरएनए सबैसँग हातेमालो गर्न तयार रहेको जनाएका छन् ।

राजधानीमा हरेक वर्ष बढ्दो जनसंख्या र सार्वजनिक शौचालयको अभावले गर्दा जनताले भोगेको सास्तीलाई अनुभूत गरेर गैरआवासीय नेपाली संघले सार्वजनिक शौचालय निर्माण गर्ने निधो गरेको अध्यक्ष पन्तले जनाएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार