काठमाण्डौं । फरक क्षमता भएका अपाङ्गहरुका लागि लक्षित गरेर अपाङ्ग प्रतिभा (डिफरेन्टली एबलड टेलेन्ट)अवार्ड २०२०को पहिलो अडिसन चैत १५ गते ईटहरीबाट शुरु हुँने भएको छ। दिव्यज्योती फाउन्डेसन नेपालको आयोजनामा उक्त अवार्ड गर्न लागेको कार्यक्रमका संयोजक विश्व साइकल यात्री चित्र पौडेलले जानकारी दिएका छन ।

पौडेलका अनुसार बिर्तामोड , ईटहरी , जनकपुर , चितवन , पोखरा , बुटवल , नेपालगञ्ज , धागढी , काठमाडौं गरी सातवटै प्रदेशबाट फरक क्षमता भएका विभिन्न बिधाका टेलेन्टहरुलाई छनौट गरी काठमाण्डौमा फाइनल कार्यक्रम हुँने बताएका छन।

 

त्यसैगरी कार्यक्रममा जुनसुकै उमेरका प्रतियोगिले नृत्यनाटक,गायन,चित्रकला,हस्ताकला,आबिष्कार तथा संगित बिधामा सहभागी भई आ(आफ्नो कला प्रस्तुत गर्न सक्नेछन् ।

सातवटै प्रदेशबाट छनोट भएका प्रतियोगिले फाईनल कार्यक्रममा सहभागी हुँन पाउने छन।भने फाइनल कार्यक्रममा विजेता हुँने उत्कृष्ट प्रतियोगिलाई ३लाख नगद पुरस्कार सहित थाईल्याण्ड भ्रमणको व्यवस्था रहेको पौडेलले बताए ।

कार्यक्रममा सहभागी हुन ईच्छुक प्रतियोगी सातवटै प्रदेशको गाउँपालिका,नगरपालिका र अपाङ्ग संघसस्थाहरुमा फारम वितरण तथा अनलाइन फारमको समेत व्यवस्था गरिएको छ।बिस्वमै पहिलो पल्ट हुने अपांग प्रतिभा अवार्ड २०२० लाई सफल पार्न आयोजकले सहयोगको लागि सबैलाई आह्वान समेत गरेको छ ।

 

                  कार्यक्रम सम्बन्धि जानकारीको लागि:

Differently abled talent 2020पेजामा गई Inbox SMS गर्न सक्नुहुने छ।

https://www.facebook.com/Differently-Abled-Talent-2020-101201818150346/

Event manager:- tilak baral(9811303786)
programme coodinator:-चित्र पाैडेल(9863521212)
ई-मेल:[email protected]

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार