काठमाडौं । काठमाडौंमा चलचित्र पत्रकार संघ, नेपालको आठौं केन्द्रीय महाधिवेशन चलिरहेका छ । जारी उक्त महाधिवेशनले १७ सदस्य नयाँ कार्यसमिति चयन गर्नेछ । तर, पदाधिकारीसहित ६ जना भने निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्ष (संगठनतर्फ)मा कुबेर डंगोल, उपाध्यक्ष (महिलातर्फ)मा दीपज्योति थापा, सचिवमा (समावेशीतर्फ) विशाल राई, कोषाध्यक्षमा प्रदीप कार्की, सदस्यमा सुरक्षा भट्टराई र सदस्य (समावेशी)मा दीपक गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष पदका लागि डब्बु क्षेत्री, दिनेश सिटौला, गीता अधिकारी र अनिल यादव प्रतिस्पर्धामा उत्रिएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार