काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् राजेश हमाल ।  चलचित्र युगदेखि युगसम्म बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले हालसम्म धेरै हिट चलचित्र खेलिसकेका छन् । यसैक्रममा सोमबार अभिनेता राजेश हमालले आफ्नो फेसबुकमा एक भिडियो शेयर गरेका छन् । उनले विश्वभर फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले गरेको लकडाउनको सदुपयोग गरेका छन् । 

होम क्वारेन्टाइनमा रहेका हमालले सामाजिक सञ्जालमा आफु श्रीमती मधु भट्टराईसँग नाचेको भिडियो शेयर गरेका हुन् । भिडियोमा उनले श्रीमतीसँग रमाइलो गरेको देखिन्छ । उनले नाचेको भिडियो र श्रीमती मधुको तस्बिर शेयर गर्दै  तिमी मेरो हिरोइन, म तिम्रो राजेश हमाल लेखेका छन् । 

https://www.facebook.com/rajesh.hamal.5872682/videos/2589828531231988/?t=56

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार