नेपालका धेरै मिडिया कम्पनीहरु ब्यापारी र पुजीपतिहरुले संचालन गरेका छन्, र कहिलेकाही छुटपुट अाफ्ना अनुकूलतामा कामकाे परिणाम हात पार्न सकेनन् भने,सरकारको कुरा मिडियामा चर्काे रुपमा उठाउने र जनता र सरकारको दुरी बढाउने समेत काम गर्छन् ,केही उदाहरणहरु अालै छन्,।

– केही समय अगाडि चन्द्रागिरी केवुलकारकाे बिषयमा चर्काे कुरा उठाउने केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत चिरपरिचित भएका मिडियाहरुले विना लगानी चन्द्रागिरी केवुलकार संचालक ग्रुपबाट केही प्रतिशत नाफा अाजिवन पाउने सर्तमा साम्य भएका हुन ।

– गाेकर्ण रिसाेर्ट काे बारेमा सरकारको चर्काे कुरा उठाउनुको पछाडि पनि यस्तै थियाे,गाेकर्ण रिसाेर्टकाे म्याद कहिले सकिएला र हामीले हात पार्नुपर्छ भनेर कुरेर बसेका पुजिपतिहरुले अाफुले नपाउने भए पछि अाफ्ना लगानीमा संचालन गरेका मिडिया चलाएर सरकारको बदनाम गर्ने काेसिस गरियाे,सरकारले भ्रमण बर्ष २०२० घाेषणा गरिसकेको थियोे,लाखौं पर्यटक अाएर बस्ने हाेटलकाे अभाव थियाे,सुविधा सम्पन गाेकर्ण रिसाेर्ट जिर्ण अवस्थामा थियाे,सम्झौताको समय कम भएको कारण यति ग्रुपले थप मर्मत र लगानी गर्न चाहादैन थियाे,किनकि उसकाे लगानी उठ्ने स्थिति थिएन तर समय थप गरे पछि ऊ थप लगानी गर्न तयार थियाे,पहिलो पटककाे कन्ट्याक्ट् पनि दस बर्ष जनअान्दाेलनले रिसाेर्ट राम्रोसँग चलेको थिएन,यस्ता बाध्यात्मक तरिकाले सरकारले म्याद थप्दा,कुरेर बसेका पुजिपति स्यालहरुले अाफुले लगानी गरेर संचालन गरेको मिडिया मार्फत निकै चिच्याएका थिए,र सरकारलाई दाेष देखाएर लेनदेन गरेर ब्यबहारिक कुरा मिलाए पछि चुप बसे,यदि याे कुरामा सरकारको गल्ती थियाे भने प्रमाणित गर्न सक्नु प्रथियाे ।

– केही राष्ट्रिय स्तरका पत्रिकाहरु भन्सार छुटमा पत्रिकाकाे कागज ठूलाे परिणाममा नेपाल भित्र्उछन् र सरकारलाई ताेके बमोजिमको पत्रिका प्रकाशन नगरी,पेपर बजारमा खुल्ला रुपमा बेच्ने काम गर्छन्,सरकार हिजाे लामो समय सम्म अस्थाई प्रकृतिको थियाे,र त्यस बखत गरेको रजाइँ जस्तै अहिले पनि गर्न खाेच्छन,सरकारले अलिकति कडाइ गर्ना साथ अनावश्यक कमजाेरी खाेजेर सरकार र जनताको बिचमा दुरी बढाउन,केही मिडियाहरु चिच्याउने काम गर्छन् ,मिडिया मात्रै हाेइन पुजिपति,र केही घुमाउरो पारामा मिडियामा लगानी गर्ने केही उच्चस्तरीय नेताहरु पनि चिच्याने गर्छन् बेला बेला,अहिले स्वास्थ्य मन्त्रालय माथि लगाइएको अाराेप पनि यस्तै हाे।चीनको एन आर एन ए को ब्यापारी ठेकेदार जो नाफाखोरी सपना देखिरहेको थियो त्यसैलाइ ठूलो मुद्दा बनाइ धमिलो पानीमा माछा मार्न खोजिरहेका छन, केही माफिया र जिम्मेवार राजनैती कर्मी भन्नेहरु ।

प्रक्रियामा नआउने अनि सरकारले यो विषम परिस्थितिमा नागरिकको जीवन रक्षाका लागि प्रक्रियागत ढङ्गले गरेको कामलाइ दुष्प्रचार गर्ने काम निन्दनीय छ ।नाफा कमाउन कुरेर बसेका स्यालहरुले कन्ट्याक्ट् नपाए पछि,सरकारले अाफै सिधा खरिद गरेको कारण अाराेप र अाक्षेप लगाएर जनता र सरकार काे विचमा दुरी बढाउने काम गरेका हुन, मैले भन्न खाेजेकाे बिषय केहाे भने अहिले काेराेना भाइरसले अन्तर्राष्ट्रिय क्षेत्र नै संकटमा फसेको छ। हामी पनि याे संकट बाट कसरी मुक्त हुने चिन्ताको बिषय हाम्रा सामुन्ने छदैछ ।तर याे महामारी संकटकाे घडी लाई चुनाैति सगै एउटा अवसरकाे रुपमा लिदै ,नेपाल भित्र संचालित भएका संस्थागत विद्यालय,कलेज,अस्पताल र संन्चारमाध्महरु सरकारीकरण गराै किनकी संकटका बेला यी सस्थाहरुले देश र जनताको पीडा नबुझी नाफाखोर र स्वार्थप्रेरित हुने हो भने अब ममता प्रकट गर्नुपर्ने कुनै कारण देखिदैन ।नेपाल गरिव राष्ट्र हाे,यहाँका नागरिक धनी छन् अब राष्ट्रलाई धनी बनाउने बेला यहीँ हाे,अब पनि विवेक प्रयाेग नगर्ने हाे,भने याे देश माफियाहरुले चलाएका छन्,चलाइरहने छन् ।।

                                                                                                                     डम्बर गिरी
                                                                                                                       उपाध्यक्ष
                                                                                                                हल्दिबारी गाउँपालिका

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार