कोरोन भाइरस (covid -19) को महामारीको कारणले देशमा भएको लकडाउनको अवस्थामा हल्दिबारीका संस्थागत विद्यालय प्याब्सन हल्दिबारी पालिका र एन प्याब्सन समेतले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गाउँपालिका मार्फत बिपन्न परिवारलाई बितरण गर्ने गरि ५४ हजार नगद रकम गाउँपालिका अध्यक्ष श्री रबिन्द्र प्रसाद लिङ्देन र उपाध्यक्ष श्री डम्बर गिरीलाई हल्दिबारी प्याब्सन कोषाध्यक्ष श्री प्रलाद सिलवालले हस्तान्तरण गर्नु भएको छ।

सो कार्यक्रममा हल्दिवारी गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन , हल्दिबारी प्याब्सन अध्यक्ष श्री पुस्पलाल खरेल एन प्याब्सन झापा अध्यक्ष श्री खिबराज भट्टराईले समसामयिक कोरोना र त्यसले सिर्जना गरेको कठिन परिवेश तथा आगामी दिनमा गर्नुपर्ने समस्या समाधानका उपायबारे आ आफ्ना कुरा राख्नु भएको थियोे ।

उक्त कार्यक्रममा संस्थागत विद्यालयका प्रतिनिधि , गाउँ पालिका प्रवक्ता तथा प्याब्सन र एन प्याब्सन सदस्यहरुको पनि उपस्थिति रहेकोे  कार्यक्रम संचालन हल्दिबारी प्याब्सन सचिव यामनाथ दंगालले गर्नुभएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार