धरान l शहरी क्षेत्रमा सवारी साधनको अत्याधिक चाप बाट उत्पन्न हुने धुलो, धुवाँले बढाउने वायु प्रदूषण कोरोना संक्रमितको मृत्य दर बढ्ने खतरा तर्फ अध्ययनहरूले ध्यानाकर्षण गराएको छ ।

अमेरिकाको हावर्ड विश्वविद्यालयले गरेको अध्ययनले वायु प्रदूषण धेरै भएका क्षेत्रमा बस्नेहरूको मृत्युदर अन्य ठाउँको तुलनामा १५ प्रतिशत बढी हुने देखाएको हो । त्यस्तै, इटालीको सेइना विश्वविद्यालयले गरेको अध्ययनले पनि वायु प्रदूषण र कोरोना संक्रमितको मृत्युदरबीच सम्बन्ध भएको औंल्याएको छ ।

वायु प्रदूषण र कोरोना संक्रमितको मृत्युको विषयले विश्वकै सबभन्दा प्रदुषित काठमाण्डू उपत्यकालाई जोखिमपूर्ण क्षेत्रका रूपमा देखाएको सेतोपाटीले दिएको समाचारमा उल्लेख छ । समाचारमा बीबीसीले भने अझै पनि चिकित्सकहरूले कोरोना संक्रमितको मृत्यु र वायु प्रदूषणबीच प्रत्यक्ष सम्बन्धबारे निष्कर्षमा पुगिहाल्नु हतारो बताएको उल्लेख छ ।

तथापी पछिल्ला अध्ययनबारे बीबीसीका वातावरण संवाददाता नविनसिंह खड्का सँग गरिएको कुराकानीमा उनले बायु प्रदुषण भएका क्षेत्रमा कोरोनाको असर व्यापक बन्न सक्ने बताएका छन् ।

                                            फायल तस्विरः

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार