टीका गणेश : बाह्रदशी झापा।  बाह्रदशी शिक्षक कर्मचारी वाल शिक्षकको सहयोग रकम रु १,३४,७१०/- (एकलाख चौतिस हजार सात सय दश) राहत कोषमा जम्मा हुनेगरी हस्तान्तरण।

नेपाल शिक्षक महासंघ बाह्रदशीको सहकार्यमा गापा भरिका १६ सामुदायिक विद्यालय मध्ये १४ ओटा विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारी वालशिक्षकको सहयोगमा संकलित एकदिनको तलब रकम रु १,३४,७१०/- (अक्षरेपीः एक लाख चौतिस हजार सात सय दश) कोरोना भाइरस (Covid -19) विश्व महामारी तथा लकडाउनको परिस्थितिले गापा भरिका अति विपन्न परिवारलाई राहत पुगोस भन्ने हेतुले गाउँपालिकाको राहत कोषमा जम्मा हुनेगरी गापा अध्यक्ष खड्ग प्रसाद राजवंशी ज्युलाई प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद दाहाल ज्युको समुपस्थितिमा रकम हस्तान्तरण गरियो।

उपस्थिति तपशिलः नेपाल शिक्षक महासंघ पदाधिकारी तथा प्रधानाध्यापक बाह्रदशी, झापा। अध्यक्षः कमल चम्लागाई उपाध्यक्षः यादव वोहोरा सचिवः नेत्र पौडेल सहसचिवः टिका गणेश प्रअः राम बहादुर बुढाथोकी ((अमृत मावि) प्रअः श्याम नारायण गोश्वामी (जनविकास आवि)

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार