रञ्‍जित तामाङ

काठमाडौँ। अनेरास्ववियूका सहसंयोजक रञ्‍जित तामाङले संगठनका संयोजक ऐन महरले स्वेच्छाचारी रुपमा संगठन चलाएको आरोप लगाएका छन्।

गृहजिल्ला झापामा रहेका तामाङले मगंलबार सामाजिक सञ्जाल फेशबुक मार्फत संगठनको नेतृत्व मनमौजीमा चलेको भन्दै चेतावनी दिएका छन्। उनले स्वेच्छिक क्रियाकलापमा संगठनको नाम जोडिने कुरा अमान्य हुनेसमेत दाबी गरेका छन्।

अनेरास्ववियूका नेताहरु छुट्टा छुट्टै समूह बनाएर शिक्षामन्त्रीलाई भेट्ने, प्रहरीकोमा उजुरी दर्ता गर्ने जस्ता कामहरु भएको भन्दै तामाङले स्वेच्छाचारी रुपमा संगठनको नाम नजोड्न अनुरोध गरेका छन्। यस्ता कामहरुलाई तामाङले अनेरास्ववियूको संस्थागत धारणाको रुपमा प्रचार नगर्न भनेका छन्।

साथै उनले अनेरास्ववियूलाई सरकारको भक्तिगान गाउने संयन्त्रका रुपमा प्रयोग नगर्नसमेत चेतावनी दिएका छन्। त्यस्तै तामाङले केही मिडियाले आफ्नो नाम जोडेको भन्दै प्रहरीकोमा आफ्नो उपस्थिति नरहेको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेको छन्, ‘पार्टी एकता भएको धेरै लामो समय भएको छैन। एकता सम्पूर्ण नेता कार्यकर्ता र जनताको जनचाहना हो। पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिदै अनेरास्ववियूको एकता प्रक्रिया पनि पूरा गर्ने प्रक्रियामा छ। अन्तर संघर्ष,बहस र बिधिसम्मत निर्णयले कम्युनिष्ट पार्टीलाई जीवन्त

राख्दछ, भन्ने मार्क्सबादी भनाईलाई आत्मसात गर्दै स्वस्थ बहस, विधिसम्मत छलफल र पद्दतिगत संगठन परिचालनमा जोड दिनु जरुरी छ। पार्टीमा बहस हुन्छ,पार्टी नेतृत्वमा रहेको सरकारको समिक्षा हुन सक्छ। पार्टी भित्र बिधिसम्मत जनबादी केन्द्रियताको विधिद्वारा बिशेष निर्णय हुनपनि सक्छ। यो स्वभाबिक प्रकृया हो। अनेरास्वबियू सरकारका कामलाई गुण र दोशका आधारमा समर्थन र रचनात्मक आलोचना गर्दछ, अनेरास्वबियू परिबर्तन र अग्रगमनमा बिश्वास गर्छ, अनेरास्वबियू जनताको पक्षमा बोल्छ। यो सत्ताको महिमागान गाउने,जनताको आवाजका बिरुद्ध उभिने,उपलब्ध राजनीतिक अधिकारको बिपक्षमा उभिने मण्डले बिद्यार्थी होईन, यो कसैको निहित स्वार्थका लागी उभिने लठैत संगठन पनि होईन, अतः संगठनलाई बिधि सम्मत चलाउन, एकताको भावनालाई सम्मान गर्न म सबैमा आग्रह गर्दछु।’

तामाङले सस्तो लोकप्रियताले संगठनलाई बलियो नबनाउने दाबी गरेका छन्। उनले अगाडि लेखेका छन्,‘संगठनमा भएको पछिल्लो गतिविधि र हुर्कदो शैली राजनीतिक तथा सामुहिक ढंगले भैरहेको छैन। ब्यक्तिगत आकांक्षा, मनमौजी परिचालन र स्वेच्छाचारीता बिलकुल ठिक भैरहेको छैन। नामका लागि गरिने देखावटी काम, सस्तो प्रचारले संगठनलाई एकढिक्का बनाएको छैन। एकताको पक्षमा संगठनलाई उभ्याउने भन्दापनि एकता विरुद्ध भड्काउने, भड्काउन प्रेरित,परिचालन र परिचालित हुने कुरा नसुधार्ने हो भने अरुले मात्र मान्नुपर्ने स्थिति छैन। पार्टी नेतृत्वका बिरुद्ध तथानाम बोल्न लगाउने तर, सरकारको महिमागान गर्न मरिहत्ने गर्ने कुरा हामीलाई मान्य छैन। स्वेच्छिक रुपमा गरिएका कतिपय काममा संगठनको नाम जोड्ने र संगठनको धारणा भन्ने कुरा बिलकुल अमान्य छ। यसबारे गम्भीरतापुर्वक नसच्चिने, कार्यशैली नसुधार्ने हो भने संगठनमा पैदा हुने सबै अस्तब्यस्तताको जिम्मेवार पहिलो जिम्मेवारी लिने नै हुनु पर्दछ।’

त्यस्तै उनले फुटलाई बन्द गर्न अनुरोध गरेका छन्। उनले लेखेका छन्, ‘फुटलाई प्रसय दिने खालका गतिबिधि बन्द गरिनु पर्दछ। संगठन बिधि९पद्दतिगत रुपमा परिचालन गरिनु पर्दछ। राज्यको चौथो अंग मिडियाहरुले सत्यतथ्य समाचार सम्प्रेषण गर्नु जरुरी छ, तर अमुक मिडियालाई सामाजिक बहिष्कार गर्ने कुरा संगठनको आधिकारिक निर्णय होईन,ब्यक्तिगत मामला हुनसक्ला तर अनेरास्वबियू कुनै अमुक मिडियाको बिरोध वा समर्थमा नरहेको स्पष्ट पार्न चाहन्छु। जहासम्म मेरो नाम जोडेर उजुरी दिन गएको भन्ने छ,मलाई जानकारी नभएको,म नगएको र जुन घटनाका बारे गएको भनिएको छ,उक्त घटनाको छानबीनहुनुपर्छ,बिधिको सासन र कानुनी राज्यको अनुभुति हुनुपर्छ किनभने यो संघिय गणतन्त्र नेपाल हो जहा वाक स्वतन्त्रता र बिधिको सासन संबैधानिक अधिकार रहेको छ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार