हल्दिवारी वडा नम्बर एक ( साविक गोलधाप )ले कोरोना भाइरसको कारण लकडाउनले समस्या परेका अति विपन्न ,विपन्न तथा ज्याला मजदुरी गर्ने ५ ४८ ( पहिलो चरण : २५५, दोस्रो चरण २८३)परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष त्रिलोचन सापकोटाले बताउनु भएको छ।

लकडाउन थपहुदै गएपछि तेस्रो चरणको राहत वितरण गर्ने तयारीमा वडा लागिपरेको वडा अध्यक्ष सापकोटा बताउछ्न ।तेस्रो चरणमा ४१७ घरपरिवारलाई राहत वितरण गर्ने तयारी गरेको पाइन्छ । वडाले स्थानीय राजनैतिक दल ,रेडक्रस ,विद्यालय तथा स्थानीय प्रहरी समेत रहने गरि वडा स्तरीय कोरोना रोकथाम तथा समन्वय समिति १५ सदस्य बनाएर लकडाउनलाई पुर्ण रूपमा व्यवस्थित गरेको पाइन्छ।

त्यस्तै साविक गोलधापका सबै वडामा ७/७ सदस्य टोल समिति तथा युवा स्वयंसेवक समिति तयार गरि जन स्तरबाटै लकडाउनलाई पालना गरेको हल्दिवारी गाउँपालिकाकै १ नम्बर वडा नमुना बनेको छ। झापा जिल्लामै लकडाउनको पालना पुर्ण रुपमा (साविक गोलधाप ) वडा नम्बर १ ले गरेको अनुगमनमा देखिएको छ।

आफ्ना वडावासिलाई पर्ने समस्यालाई मध्य नजर गर्दै अति आवश्यक खाद्यान्न ,तरकारी लगायतको सामाग्री स्थानीय व्यवसायिहरुको सहकार्यमा घरघरमा पुर्याउने काम वडाले शुरुका दिनदेखीनै गरेको ले समेत लकडाउनमा समस्या नपरेको स्थानीयहरु बताउछ्न।

स्थानीय सुरक्षा निकायले समेत वडा ,राजनैतिक दल हरुको समन्वयमा शान्ति सुरक्षा तथा लकडाउनलाई पुर्ण रुपमा लागू गरेको प्रष्ट सग देख्न सकिन्छ । हाल छिमेकी गाउँपालिकामा १ जनालाई कोरोना भाइरस पोजेटिभ देखिएपछि वडा सग जोडिएको बाह्रदशी गाउँपालिका बाट परवेस गर्ने नाकाहरुलाई पुर्ण रूपमा बन्दगरिएको तथा सुरक्षा सतर्कता लाई सबैको सहकार्यमा कडाई गरिएको समेत वडा अध्यक्ष सापकोटाले हल्दिवारी डटकमलाई बताउनु भएको छ।

सापकोटाका अनुसार लकडाउन लाई क्रमिक रूपमा खुकुलो गर्दै लैजान तथा खेतिपाती ,घर बनाउने काम तथा स्थानीय बिकास निर्माण लाई समेत अघि बडाउन गाउँपालिका सग समन्वय गरि अगाडि बड्न वडा लागिपरेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार