कोरोना महामारी रोकथामका लागि नेपालमा २०७६ चैत ११ देखि घोषित लकडाउन लम्बिदै बैशाख २५ गते अवधि समाप्त हुदैंछ । फेरि पनि लकडाउन थपिने हो कि भन्ने आशंकाले सर्वसाधारण त्रासमा छन् । कोही भने अझै लकडाउन लम्बियोस भन्ने पनि होलान् । लकडाउनले धेरै क्षेत्रमा तहस नहस भइसकेको छ । हुनत रोग लागेर औषधि खानु भन्दा रोगै लाग्न नदिनु राम्रो हो ।

तथापि कमाइ खाने, ज्याला मजदुरी गर्नेदेखि लिएर सामान्य व्यवसाय गरिखानेहरु लकडाउनले आक्रान्त भएका छन् । धेरै जसो सरकारी कर्मचारीहरुलाई मात्र ढुक्क छ, किनकि उनिहरुले लामो विदाको पनि तलब पाउने छन् । कोरोना महामारीले विश्वलाई आतंकित बनाएको छ । यसले थुप्र्रै नकारात्मक अवस्थाको सिर्जना गरेको छ । कोरोनाले थिलथिलो भएको विश्वको आर्थिक अवस्थालाई उकास्न अब झण्डै पा“च बर्ष लाग्ने अनुमान अर्थशास्त्रीहरुले लगाएका छन् ।

अर्कातिर यसको औषधि पत्ता लाग्न नसक्नु अर्को उदेकलाग्दो विषय भएको छ । विश्वमा कोरोनाले २ लाख ३९ हजार मानिसको ज्यान लिइसकेको छ । ३३ लाख ९८८ जना संक्रमित छन् । त्यसमध्ये १० लाख ७९ हजार संक्रमितहरु उपचार पछि निको भएर घर फर्केको तथ्यांक पाइन्छ । छिमेकी मुलुक भारतमा १,२२३ जना मानिसको मृत्यु भएको छ । हाल ३७,३३६ जना संक्रमित छन् । ९,३५७ जना उपचार पछि निको भएर घर फर्केका छन् । नेपालमा यो लेख तयार पार्दा सम्म ४९ जना पुरुष र १० जना महिला गरी ५९ जना संक्रमित भएका छन् भने । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाले मृत्यु भएको भने पाइएको छैन् । कोरोना रोकथामका लागि गरिएको लकडाउनले सम्पूर्ण आवागमन बन्द छ । यस्ले पर्यावरण भने राम्रो भएको छ । प्राकृतिमा प्रदुषण निकै घटेको छ ।

फोहोर मैलाको निष्काशन कम भएको छ । विश्वमा कार्वन उत्सर्जनको ग्राफ तल झरेको छ । फोहोेर नफालि“दा नदीनाला, ताल तलाउ स्वच्छ भएका छन् । परिवारजनमा समय दिन नपाएकाहरुले यस बेलामा यथेष्ट समय दिएर पारिवारिक माया, प्रेम बढाउने अवसर पाएका छन् । आयात घटेको छ । पेट्रोल, डिजेलको उपयोग निकै तल झरेको छ । महंगा तथा विलासिताका साधनहरुको आयात ठप्प हुदा“ सोधान्तर घाटा स्थित भएको छ । अर्कातिर नेपाली अर्थतन्त्र चलायमान हुन नपाउ“दा समस्या बढेको छ । दैनिक ज्यालादारी गर्ने, यातायात व्यवसायी तथा मजदुर, ससाना व्यवसायी मारमा परेका छन् । शैक्षिक अवस्था तहस नहस भएको छ । बेलैमा परीक्षा दिन नपाएका एसइइका विद्यार्थीहरु परीक्षा दिन नपाएर तनावमा छन् । निजी विद्यालय तथा त्यसमा निर्भर सबैको अवस्था नाजुक हुन थालेको छ ।

बिरामीहरुले आवश्यक सेवा पाउन सकेका छैनन् । लामो तथा दीर्घ प्रकृतिका रोगीहरुले औषधि तथा आवश्यक परीक्षण गर्न पाइरहेका छैनन् । बजारमा अति आवश्यकीय वस्तुहरुको अभाव छ । कोरोनाले मात्र ज्वरो आउ“दैन अरु रोगबाट पनि ज्वरो आउने हुन्छ भन्ने साधारण बुझाइ समेत नभएको वा बुझ्न नचाहेका कतिपय अस्पतालले कोरोनाकै बहाना बनाएर पन्छिने गरेको छ । यस कारण रोगीको समयमै उपचार नहुँदा अकालमा मृत्युको मुखमा पुगेका घट्नाहरु बढेका छन् । कोरोना संक्रमित ठाउ“बाट आएकै कारणले गर्भवती महिला तथा अन्यलाई उपचारै नगरी फर्काइदिने गरेको यस्को उदाहरण हो । किसानका तरकारी, फलफूल बारीमै कुहिएका छन् । किसानले पालेका सयौं कुखुराहरु बजारमा बेच्न नपाएर जिउ“दै गाड्न बाध्य भएका छन् । पर्यटन व्यवसाय चौपट भएका छन् । होटेल ,रेष्टुरेन्टहरु पनि बन्द छन् । उद्योग कलकारखाना बन्द छन् । पशुपालन गर्नेहरु पनि प्रत्यक्ष मारमा परेका छन् । लुगा सिउने टेलरहरु पनि प्रत्यक्ष मारमा परेका छन् । लकडाउन अझै लामो गएमा काम नहुनेहरु अपराधमा लाग्ने सम्भावना बढेको छ । एकापसमा लुटपाट तथा खोसाखोस गर्ने परिस्थिति नआउला भन्न सकिन्न ।

हाल बजारमा भएका बस्तुहरु समाप्त भए के गर्ने भन्ने समस्या आउन सक्छ । उत्पादन नहु“दा उपभोग्य वस्तुको अभाव हुने देखिन्छ । विदेशमा बसेका नेपालीहरु फर्के के गर्ने भन्ने कुराको योजना पनि देखिन्न । यसर्थ कोरोनाबाट बच्दै नेपालको अर्थतन्त्रलाई चलायमान गर्नु आजको आवश्यकता भएको छ । यसो गर्नाले भावी अभाव तथा कमजोर हुन सक्ने अर्थतन्त्रलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि विभिन्न उपायहरु अपनाउने विकल्पहरु धेरै छन् । स्वास्थ्य सर्तकताका साथ अव बैशाख २६ गतेदेखि आन्तरीक रुपमा आन्तरीक सिमा नाका समेत लाई कडाइ गर्दै लकडाउन लाई खुकुलो पार्न सकिन्छ । सबैले अनिवार्य रुपले मास्क अनि आवश्यक भए पञ्जा समेत लगाएर अप्रभावित स्थानमा खुकुलो गर्न सकिन्छ । सामाजिक दूरी कायम गर्दै शैक्षिक संस्था, उद्योग कल कारखाना खोली कृषि, निर्माण कार्य गराउन सकिन्छ । बजार व्यवस्थापन गर्न सकिन्छ । लकडाउनले विश्वका १ अरब ७५ लाख विद्यार्थीहरु पढ्नबाट बञ्चित भएका छन् । विद्यालय खोलेर शुरुको एक हप्ता परीक्षाफल प्रकाशन गर्ने तथा दोश्रो र तेश्रो हप्ता नाम लेखाउने कार्य गराउन सकिन्छ । यसो गर्दा विद्यार्र्थीहरुको एकै चोटि भिड पनि हु“दैन ।

एसइइ र ११ कक्षाको मिले आन्तरीक मुल्यांकनबाट नमिले जेठको तेश्रो साताभित्र सक्ने गरी परीक्षा लिएर असार मसान्तसम्ममा परीक्षाफल निकाल्न लगाउन सकिन्छ । कोरोना संक्रमित क्षेत्रलाई शिलबन्दी गर्दै पूर्ण रुपले परीक्षण गर्दै आवश्यक उपचार गरिनु पर्दछ । संक्रमित क्षेत्रका सम्पूर्ण व्यक्तिहरुको खोजी गरी परीक्षण गरिनु पर्दछ । विदेशबाट आएका वा संक्रमणको आशंका भएकाहरु स“ग सम्पर्क भएका जुनसुकै व्यक्तिले एक पटक परीक्षण गराउनै पर्दछ । संक्रमित व्यक्ति तथा उनीस“ग सम्पर्क भएका व्यक्तिहरुले पनि लाज नमानी आफै परीक्षणका लागि उपस्थित हुनु पर्दछ ।

यसो गर्नाले समूदायमा संक्रमण फैलन पाउ“दैन । फेरि नेपालको सन्दर्भमा संक्रमित व्यक्तिहरु उपचार पछि निको भएर घर फर्केका यथेष्ट उदाहरण पनि छन् । त्यसैले यो रोग लागिहालेमा डराउनु पर्ने अवस्था छैन । अन्तर्राष्ट्रिय स्तरमा कोरोना नियन्त्रण नभएसम्म, सिमा नाका, हवाइ नाकामा सिल गर्नु पर्दछ ।  

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार