सालीसँगको प्रेम सम्बन्धका कारण धनुषामा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । सालीसँगको प्रेम सम्बन्ध बचाउनका लागि नाटकीय शैलीमा आफ्नो श्रीमतीको हत्या गरेको घटना बाहिरिएको हो । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ९ लालभिट्टीका २८ वर्षीय हरि चौहानले आफ्नो कान्छी सालीसँगको प्रेम सम्बन्धमा परेपछि २५ वर्षीया पत्नी विणा चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ ।

आफ्नै बहिनीसँग सम्बन्ध रहेको कुरा श्रीमतीले थाहा पाएपछि विणाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हरिले विणालाई लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर शलले घाँटी बेरेर हत्या गरेको र हत्या पछि सोही जंगलमा शव गाडेका थिए । शवलाई ४ दिनपछि उत्खन्न गरेर निकालिएको छ ।

गत वैशाख १८ गते बिहीबार साँझको समयमा विणालाई बाली काट्न जंगल जाउँ भन्दै त्यहाँ लगेर घाँटीमा लगाएको शलले बेरेर हत्या गरि शवलाई जंगलमै गाडेको चौहानले प्रहरी समक्ष बयान दिएका छन् ।

प्रहरीका अनुसार हत्या गर्नु अघि नै हरिले जंगलमा शव पुर्नका लागि खाडल खनेर राखेका थिए । श्रीमतीको हत्या गरे शव गाडिसकेपछि हरिले पत्नी हराएको जानकारी दिएको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिए ।

खाडलमा पुरिएको शवलाई प्रहरी निरीक्षक कार्कीको नेतृत्वमा गएको टोलीले आइतबार साँझ उत्खनन् गरी निकालेको छ । हत्या अभियोगमा हरि चौहानलाई पक्राउ गरि म्याद थपका लागि जिल्ला अदालतमा पठाइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार