कमला भट्टराई  / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जनता समाजवादी पार्टीको पाँचथर जिल्ला अध्यक्षव्दय सागर केरुङ र लक्ष्मण लावतीले आइतवार संयुक्त वक्तव्य जारी गर्दै लिम्बुवान प्राप्तिको एजेन्डा लिएका राजनीतिक शक्तिहरु जनता समाजवादी पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सहित पहिचानबादी शक्तिहरु विच एकता हुनुपर्ने कुरामा जोड दिएका छन् । यस्लाई कार्यकर्ताहरुले पार्टी एकताका लागि जिल्ला बाट दबाब शुरु गरिएको भनि सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

यसअघि कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक मञ्च बाट अलग भई छुट्टै पार्टी गठन गरेका खगन्द्र माखिमले तत्कालिन संघीय समाजवादी पार्टी संग एकता गरेका थिए । हाल माखिम जनता समाजवादीको राष्ट्रिय लिम्बुवान समितिका संयोजक छन् ।

पछिल्लो पटक पाँचथरका संलोराम र जसपाका अध्यक्षले दिएको संयुक्त विज्ञप्तीले संलोराम लाई पनि जसपामा एकता गर्नुपर्ने दबाब दिएको अर्थमा लिइएको छ । विज्ञप्तीमा फुटेर होइन जुटेर नेपाली जनताको सुरक्षा समृद्धि राष्ट्रिय स्वाधिनताको रक्षा गर्न जरुरी भएको उल्लेख छ । भनिएको छ, लिम्बुवान प्राप्तिको एजेन्डा लिएका राजनैतिक शक्तिहरु जनता समाजवादी पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मंच लगायत पहिचानबादी शक्तिहरुको एकता गरि १० प्लसं १ प्रदेशको संघीयता प्राप्त गर्न पार्टी एकताको चरणसम्म पु¥याउन मुलुकको शसक्त बैकल्पिक राष्ट्रिय राजनीतिक शक्ति निर्माण तर्फ अग्रसर हुन नेता, कार्यकर्तामा हार्दिक अपिल गर्दछौं ।

नश्लिय राज्यसत्ताको षड्यन्त्र लाई प्रतिरोध गर्दै लक्ष्य प्राप्त गर्न लागि एकीकृत शक्ति निर्माण नितान्त जरुरी समयको माग भएको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ ‘बिगत समयदेखी न्याय समानता लिम्बुवान र संघीयताका लागि संघर्ष गर्दै आइरहेका छौ । संघीयता बिरोधी यथास्थितिवादी प्रतिक्रिया शक्तिहरु हाम्रो न्यायपुर्ण आवाजलाई दिभ्रमित पार्न भरमग्दुर कोशिस गरिरहेका छन् । फुटाउ र शासन गर को षड्यन्त्रलाई बुझ्न र चिर्न नसक्दा हामीले हाम्रा लक्ष्य प्राप्त गर्न सकेका छैनौं ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार