नेपालले बुधबार सार्वजनिक गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सामा भारतले आपत्ति जनाएको छ ।”भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले प्रक्रिया दिँदै भने, नेपालले सार्वजनिक गरेको संशोधित नक्सामा भारतीय भूभाग समेटिएको छ । नेपालले गरेका एकतर्फी कार्य कुनै ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन ।”

भूभागको यस्तो कृतिम विस्तारलाई भारतले स्वीकार नगर्नेसमेत विज्ञप्तिमा भनिएको छ । यो कार्य सीमा विवादलाई द्विपक्षीय कूटनीतिक वार्ताका माध्यमद्वारा हल गर्ने पूर्व प्रतिबद्धताको पनि विपरीत भएको जनाइएको छ ।यो विषयमा भारतको पहिलेदेखिको स्थिर अडानबारे नेपाललाई जानकारी भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “हामी नेपाल सरकारलाई भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्दछौं । साथै सीमा मामिलाको समाधान गर्नका लागि नेपालको राजनीतिक नेतृत्वले सकारात्मक वातावरण बनाउने भारतले आशा राखेको छ ।”

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार