नेपाल–भारतबीच अहिले कालापानी, लिपुलेक र लिम्पियाधुरलाई लिएर विवाद चर्कदै गएको छ । नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइराललाले दिएको एक बयानका कारण भारतभर हंगामा भएको छ । उनले नेपाल सरकारले ल्याएको नयाँ नक्साको समर्थन गर्दै खुःशी व्यक्त गरेपछि भारतीयहरु भड्केका हुन् ।
अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नामबाट भाइरल भइएरहेको ट्वीटका कारण पनि धेरै भारतीयहरु झस्केका छन, भने नेपालीहरु हर्षित भएका छन् । ट्रम्पको नामबाट भाइरल भएको ट्वीटमा सुगौली सन्धीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको भनिएको छ । त्यो मात्रै होईन म नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा छु पनि भनिएको छ । उनले ब्याक अफ इन्डिया पनि लेखेका छन् ।
मिति हेरियो भने आजको मिति देखाउँछ । आज दिउँसो साढे ४ बजे ट्वीट गरेको देखाइएको छ । यो समयमा ट्रम्पले कुनै पनि ट्वीट गरेका छैनन् । अर्को रोचक कुरा के भने यहाँ उक्त ट्वीटमा लाइक २०० वटा र रिट्वीट १ लाख ३ हजार देखिएको छ । सामान्य रुपमा हेर्दा लाइक रिट्वीट भन्दा धेरै हुने गर्दछ । धेरैलाई त जानकारी नै छ कि उक्त ट्वीट सक्कली होईन । तर कतिपयले त्यो कुरालाई सत्य नै भन्ने ठानेर धमाधम सेयर गरिरहेका छन् ।
अर्को कुरा ट्रम्पले एन्ड्रोइडबाट होईन आइफोनबाट ट्वीट गर्ने गरेका छन । अहिले यस्ता खालका धेरै एप्सहरु वा सफ्टवयरहरु पाइन्छन्, जसबाट हामीले यसरी इडिट गर्न मिल्छ । यस्लाई साइबर अप–राध अन्तरर्गत राखेर हेर्न सकिन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार