काठमाडौं l मुलुकको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेको सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ ।

शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले शुक्रबार अपरान्ह संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर बुधबार जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि सो विधेयक दर्ता गरिएको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार