झापा । कोरोना महामारीको जोखिम कम गर्न सिल गरिएको नाका खुला गर्न माग गर्दै विराटनगरको सीमावर्ती क्षेत्र रानीमा प्रदर्शन भएको छ ।

शनिबार नाका खुला गर्न माग गर्दै युथ युनिटी अफ नेपालले विरोध प्रदर्शन गरेको हो । ११ चैतमा नेपालले अन्तराष्ट्रिय नाका सिल गरेको थियाे । नाका सिल हुँदा किनमेलमा लागि भारत जाने सर्वसाधारणलाई समस्या भएको गुनासो गर्दै प्रदर्शन गरेका हुन ।

प्रदर्शनमा स्थानीयबासी, सिटी सफारी, टेम्पो चालकलगायत सहभागि थिए । ११ चैतबाट बन्द भएको नाकाका कारण समस्या भएपछि खुला गर्नको मागसहित प्रदर्शन भएको युथ युनिटी अफ नेपालका उपाध्यक्ष मोहम्मद हमिद आजादले बताए ।

प्रदर्शनमा उत्रिएका स्थानीयले नाका खुला नहुँदा धेरैको रोजगारीमा समस्या आएकाले तत्काल खुला गरेर आवत जावत सहज बनाउन माग गरे । भारतीय पक्षले भने कात्तिक पहिलोसाता एकतर्फी रुपमा नाका खुला गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार