राजेन्द्र मुखिया याता- भद्रपुर। नेपालको पूर्वी ब्यापारिक द्वार झापाको सबैभन्दा पुरानो बजार भद्रपुर जो भारतको बङ्गाल र बिहार राज्यको साॅध सिमाना नै जोडिएको छ। साथै बङ्गलादेश जो यहांबाट लगभग तीस किलो मिटरमा अवस्थात छ।

बिगत नौ महिनादेखि ” कोरोना ” लाई हाउगुजी भन्दै साना ब्यापारी टेम्पो र सफारी चालक र दैनिक गुजारा गरेर खाने जनमजदुर दश औला नङ्गाएर गरिखाने निमुखा जनता र सर्व साधारण जनताको लागि काल नै भएको भएको छ।तर धनीमानी हुनेखाने ब्यापारी र देशको राजश्व लुटने र कर छलि गर्नेहरूको लागि ” यो सिमा नाका बिगत नौ महिना देखि सुनको अण्डा दिने खुल्ला नै छ। ठूला ब्यापारीहरूलाई चैन सानालाई ऐन भएको भनेको यहि हो । यसर्थ यो सिमा नाका हाल सेफ जोनमा छ। तर पनि खुलेको छैन।

” नेपाल भारत खुल्ला सिमा सम्वाद समूह ” को आव्हानमा शनिबार पाचौ दिन पनि अन्तर कृया संवाद सहित मेची पुलमा एक घण्टे धर्ना दबाब र बिरोध कार्यक्रम सभ्य भव्य र सौहाद्रपूर्ण शान्ति बातावरणमा सम्पन्न भएको छ।

यसै सम्पन्न कार्यक्रमको अध्यक्षता मोटर साइकल मेकानिकल र मरम्मत संभार संघको सदस्य उपेन्द्र ठाकुर,प्रमुख अथिति पूर्व सैनिक तथा प्रहरी महासंघ केन्द्रीय अध्यक्ष र खस समाज केन्द्रीय उपाध्यक्ष र सामाजिक अभियन्ता पृथ्बीनारायण कार्की, बिशेष अथिति महिला मुस्लिम संघ केन्द्रीय सदस्य शहनाज रहमान ,बिशेष अथिति पूर्व प्रहरी निरीक्षक सामाजिक अभियन्ता समर कुमार राई,अथितिसरू तमु समाज अभियन्ता मदन गुरूङ,किरातॅ राई यायोख्या नगर सदस्य अजय कुमार राई, सफारी चालक संघ भद्रपुर नगर अध्यक्ष राजेश थापा मगर , टेम्पो चालक संघ अध्यक्ष- भक्ति सुब्बा र बरिष्ठ पत्रकार देवेन्द्र किशोर ढुंगाना साथै अन्य नगरवासीहरूको साथ सर्मथन र ऐक्यबद्धतासहित सुखद उपस्थिती थियो।

कार्यक्रम सञ्चालक ( याता राजेन्द्र कोइचॅ ( सुनुवार ) रहनु भएको कार्यक्रममा अन्तर संवाद साथ समर्थन ऐक्यबद्धता र मन्तव्य -रश्मि दवाडी,अजय कुमार राई,मदन गुरुङ,समर कुमार राई,शहनाज रहमान,पृथ्वी नारायण कार्की र अन्तमा सभा अध्यक्षबाट मन्तव्य र धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन भएको थियो। सिमा नाका अबिलम्ब खुल्नै पर्छ, ,गरिखाने निमुखा जनताहरूले गरिखान्नै पर्छजस्ता नारा लगाइएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार