जलथल – हल्दिवारी – २ का बिजय ठाकुरले अहिले दैनिक १५ सय देखि २ हजार कमाई रहेका छ्न । वैदेशिक रोजगारीको शिलसिलामा दुबईमा ८ बर्ष बिताएका बिजय ठाकुर अहिले आफ्नै ठाउँमा मासिक ५० हजार कमाउन सकेकोमा दङ्ग अनि खुशी छ्न ।

आफ्ना बाबुबाजे देखि गर्दै आएको कपाल काट्ने पेसा उनले व्यवस्थित तरिकाले शुरु गरेका छ्न । विदेशमा सिकेको आफ्नो सिपलाई आफ्नै गाउँमा ४ लाखको लगानीमा ” फेन्डसिप हेयर कटिङ्ग सैलुन “ हल्दिवारी गाउँपालिका – २ स्कुल चोकमा शुरु गरेका ठाकुरको अहिले जिवनमै परिवर्तन आएको छ ।

उनी भन्छ्न विदेश जानू भन्दा सीप सिकेर आफ्नै भुमिमा केही गर्नु राम्रो हुन्छ। परिवार र समाजकै बीचमा रहेर काम गर्न सकेकोमा आफू ज्यादै खुसी भएको बताउछ्न । बिजयले झापाका नामि सैलुन संचालक हरुले संचालन गरेको भन्दा राम्रो तथा सफा तरिकाले सैलुन संचालन गरेको देख्न सकिन्छ ।

उनिसग एकचोटि कपाल तथा दाह्री काटेका जो कोहि उनको सीप र व्यवहार देखेर खुशी हुने गरेको स्थानीयहरु बताउछन् । वैदेशिक रोजगारको लागि लाखौं खर्च गरेर परिवारबाट टाढा जानू भन्दा सीप सिकेर आफ्नै ठाउँमा केही गर्न सके परिवार र रास्ट्रलाई समेत फाईदा पुग्ने थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार