नुवाकोटको ककनी गाउँपालिकामा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मध्यवती क्षेत्र ककनी ओखरपौवा उपभोक्ता समितिको नव निर्मित भवनको उद्घाटन गरिएको छ ।

शनिबार उत्त भवनको उद्घाटन गरिएको थियो । उत्त कार्यक्रममा प्रमुख अथिति धावा लामा रहेका थिए भने सभाको सभापतित्व जीवन लामाले गरेका थिए ।

उत्त कार्यक्रमको संचालन सिताराम घिमिरेले गरेका थिए । यो भवन करिव ७ लाखमा निर्माण सम्पन्न भएको थियो । उत्त कार्यक्रममा सहायक वार्डेन बिनय कुमार झा, निराजन तामाङ र रमेस लामाले आ आफ्ना धारना राखेका थिए ।

कार्यक्रममा संचारकर्मीहरु प्रवासी संदेश साप्ताहिकका सम्पादक बिचारी चाम्लिङ तथा नेपाल टेलिभिजनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार