पछिल्लो समय हिन्दी फिल्मलाई थिच्दै दक्षिण भारतीय चलचित्रहरु दर्शकको मनमा बस्न सफल हुदै आएका छन् । एक पछि अर्को फिल्मले बक्स अफिसमा तहल्का मच्चाइरहेका फेरी साउथका सुपरस्टार यशको फिल्म ‘केजीएफः च्याप्टर २’ ले दिनहुँ नयाँ इतिहास रच्न थालेको छ । बक्स अफिसमा फिल्मले एकदमै राम्रो कमाई गरिरहेको छ ।

आरआरआर पछि अहिले सबैतिर केजीएफकै चर्चा चुलिएको छ । यहि फिल्म अब हलमा मात्र हैन ओटीटी प्लेटफर्ममा पनि रिलिज हुने भएको छ । ‘केजीएफः च्याप्टर २’को डिजिटल अधिकार ओटीटी प्लेटफर्म अमेजन प्राइमले किनेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

अभिनेता यशको यो फिल्म अमेजन प्राइम भिडियोमा हिन्दी, कन्नड, तेलुगु, मलायालम र तमिल भाषाहरूमा स्ट्रिम गरिने बताइएको छ । निर्देशक प्रशान्त नीलद्वारा निर्देशित केजीएफः च्याप्टर २ अमेजन प्राइम भिडियोमा मे २७ देखि स्ट्रिम हुनेछ । यद्यपि फिल्मका निर्माताहरूले ओटीटी रिलिजको बारेमा आधिकारिक बयान जारी गरेका छैनन् ।

त्यस्तै केजीएफ २ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड तोडेको छ । केजीएफः च्याप्टर २ ले रिलिजको सातौं दिनमा पनि हिन्दी भाषी राज्यहरूमा आफ्नो बलियो पकड कायम राखेको छ । विहीबार फिल्मको हिन्दी संस्करणले २०१७ मा रिलिज भएको फिल्म ‘बाहुबली २’ को रेकर्ड तोडेको छ । बाहुबली २ ले रिलिजको पहिलो सात दिनमा बक्स अफिसमा २४६ करोड कमाएको थियो । ‘केजीएफ २’ ले रिलिजको सातौं दिनमा २५५.०५ करोडको कलेक्सन गर्दै ‘बाहुबली २’ को रेकर्ड तोडेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार