बार्सिलोनाका फरवार्ड मेम्फिस डिपेए चम्किदा नेदरल्यान्ड्सले युईएफए नेसन्स लिगमा शानदार जीत निकालेको छ । गएराति भएको समूहचरणको पहिलो खेलमा बेल्जियमलाई ४-१ गोलले पराजित गर्दै नेदरल्यान्ड्सले लिगमा सुखद शुरुवात गरेको हो । नेदरल्यान्ड्सलाई जीत दिलाउन मेम्फिस डिपेएले दुई गोल गर्दा स्टेभेन बेर्गविन र डेन्जल डुम्फ्रिएसले एकरएक गोल थपे । बेल्जियमको लागि मिछे बात्शुयीले सान्तवना गोल गरे । खेलको ४० औं मिनेटमा डि योङको पासमा बेर्गविनले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

५१ औं मिनेटमा बेर्घुइसको पासमा डिपेएले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए । ६१ औं मिनेटमा ब्लाइन्डको पासमा डुम्फ्रिएसले गोल गर्दै पाहुना टोलीलाई सहज जीततर्फ अगाडि बढाएका थिए । ६५ औं मिनेटमा ब्लाइन्डकै पासमा डिपेएले व्यक्तिगत गोल गर्दै नेदरल्यान्ड्सलाई ४-० गोलको अग्रता दिलाए । यस्तै इन्जुरी समयको तेस्रो मिनेटमा एल्डेर्वेइर्डको पासमा बात्सुयीले सान्तवना गोल गर्दै बेल्जियमलाई ४-१ गोलको स्थितिमा ल्याए । जीतसँगै नेदरल्यान्ड्स ३ अङ्क जोड्दै समूह ४ को शिर्ष स्थानमा रहेको छ । पराजित बेल्जियम अङ्कविहिन रहँदै पुछारमा छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार