-दयानन्द गोस्वामी

प्रबन्धन गरें जब यो जिन्दगीको
अस्त व्यस्त नै भयो मेरो संसार,

आबन्टन गरें अनी यो मुटुलाई
व्यथा त छँदै थियो मन्मा अपार,

प्रभाती तुषारका सबै थोपाहरू
टिलपिल मोतीका दानाहरू झैँ,

मध्यान्ह सूर्यको प्रचण्ड रापले
विलीन भयो अस्तित्वको सार,

नविनतम् जिन्दगीको कल्पना,
कति प्रेमिल हुन्छन ति भावना,

स्नेहिल तरंगमा त्वरित हुन्छन्
आशा र बिश्वासको त्यो सपना,

अन्तस्तलमा आशाका बिजहरू
ममताको पोषणले अंकुर भएका,

पल्लवहरू पनि अंकुरण नभई
अन्तर्मुखी भईकन थिच्चिएछन्,

चंचल बतासको उष्णिय स्पर्शले
त्वरित हुन्छन् जीवनका प्रत्यंगहरु,

अनि तब तरंगका बेगहरू पनी,
तिब्रता संग तरंगीत भै रहन्छन,

जो भावनाको अन्तिम किनारमा
चोट खाएका ति तरंगित तरंगहरू,

शुन्य शेषमा परावर्तित भईकन
पुनः शुन्यतामा विलीन हुन्छन,

अदृश्य हुँदै सारा जीवनको तत्व
भव्य ब्रम्हाण्डमा हुन्छ निराकार,

प्रबन्धन गरें जब यो जीन्दगीको
अस्त व्यस्त नै भयो मेरो संसार।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार