– दयानन्द गोस्वामी

निकृष्ट थियो अंधकार निशाको कालीमा
जहाँ सुमन सुधा थियो रजनीको चन्द्रमा,

आलीङ्गन मा थिए प्रकाशपुंज किरणहरु
कति हर्षान्वित हुन्थ्यो मेरो अन्तरमनमा,

आशाका बिम्बहरू हुन्थ्ये प्रतिबिम्बित
त्यहाँ खुशी थिए अगणित कोषहरू मेरा,

प्रयासरत रहँदै जीवनका हरेक क्षणहरु
अनिश्चित थियो ओत लाग्ने नीड़ बसेरा,

भविष्यको चिन्ता आखिर कसलाई छ र?
अतीतका परिदृश्यहरू अंकित मानसमा

गोधुली प्रहरमा जब धुमिल हुन्छ सन्ध्या
रातचरीहरू फरफराउंँदै उडदछ नभमा,

निकृष्ट थियो अंधकार निशाको कालीमा
जहाँ सुमन सुधा थियो रजनीको चन्द्रमा,

अधिष्ठाता नि हुन्थ्यो मुग्ध कलाचन्द्र हेरी
हुन्थ्यो आभास शितल नयनमा हेर्दा खेरी,

कतिको मनमा डढे़लो लाग्दथ्यो ईर्ष्याको
अनी भावनाको त घरै ढल्दथ्यो शिशाको,

नयनको भाषा नयनले नै बुझ्न न सक्दा
कपास पनि गह्रों हुन्छ अरे भन्थे पितृहरू,

बगरको ढुङ्गाको चोटले ढुङ्गा नै रून्थ्ये रे!
हाँस्दथ्ये पानीको तरंग अनी बालुवाहरू,

भावनाहरु तरंगित हुन्थ्यो निशब्द रातमा
चंचल मन्मा पनि थिरकन हुन्थ्ये साथमा,

आलीङ्गन मा थिए प्रकाशपुंज किरणहरु
कति हर्षान्वित हुन्थ्यो मेरो आन्तरमनमा,

निकृष्ट थियो अंधकार निशाको कालीमा
जहाँ सुमन सुधा थियो रजनीको चन्द्रमा।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार