न्यूयोर्कले डिसेम्बर २२ लाई ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस‘ घोषणा गरेको छ। रक्तदान अभियान र सो सम्वन्धिज्ञानलाई विश्वमाझ फैलाउन अतुलनीय योगदान पुर्याएबापत उक्त सम्मान गरेको हो ।

https://www.facebook.com/arjun.p.mainali/videos/10216498505194897/?t=36


रक्तदानको ईतिहासको सन्धर्भमास प्रशव अवस्थामा अत्यधिक रक्तश्राव भएकी पत्नीलाई सन १८१८ डिसेम्बर २२ मा सिरिन्ज प्रयोग गरेरश्रीमानकै पाखुराबाट चार औंस रगत निकाली रक्त सञ्चार गरेका थिए । जुन संसारमा यो नै पहिलो सफल मानव रक्तदान थियो ।

सन् २००७ देखि वेष्टर वे टाउनको हिक्सभिल न्यूयोर्कमा बस्दै आएका अर्जुन प्रसाद मैनालीले अमेरिकाको १४ राज्यहरुमा रक्तदान रउत्प्रेरणा गरेका छन् । उनले हालसम्म ६ वटा महादेशका १७ देशहरुमा १७२ पटक रक्तदान ९१२३ होल ब्लड र ४९पटक प्लेट्लेटस० गरेका छन् । उनको आफ्नै रगतले ५१६ जना सम्मलाई बचाउन सहयोग हुन्छ ।

अमेरिकामा दैनिक करिव ४० हजार युनिट रगत चाहिन्छ । न्यूयोर्क शहरदेखि ४० किलोमिटर टाढाको वेष्टर वे टाउनमा तीनलाखजनसंख्या छ । स्थानीय सरकारले समुदायका कामलाई महत्वपूर्ण ठानी आमजनमानसमा सन्देश पुर्याउन उक्त दिवस घोषणा गरेको जनाईएको छ ।

स्थानीय बासिन्दा अर्जुन मैनालीले रक्तदानको क्षेत्रमास्थानीय, राष्टिय र अन्तराष्ट्रिय क्षेत्रमा समेत अतुलनीय योगदानपुर्याएका हुनाले “विश्व रक्तदाता अर्जुन मैनाली दिवस” घोषणा गरेको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार