काठमाडौं । कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँको शव मकवानुरको सिस्नेरीमा फेला परेको छ । सोमबार काठमाडौंको बल्खु खोलामा हाम्फालेका उनको शव बुधबार सिस्नेरीको एक खोलामा फेला परेको हो ।

महानगरीय अपराध महाशाखाकाका अनुसार बानियाँको मंगलबार बिहान ११ बजेतिर सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा उनको फेला परेको हो ।

बुधबार बिहान उनको शव भेटेपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडामा राखिएको छ । दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकमा आवद्ध पत्रकार बानियाँ राजनीति र सुशासनमा कलम चलाउँदै आएका थिए ।

सोमबार बल्खु खोलामा हाम्फालेका भनिएका पत्रकार बानियाँको खोजीका लागि तीन दिनपछि बुधबार कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले उनको खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार