राष्ट्र बचाउ अभियानका संयोजक डा, मनोज मुक्ति विवेक र नेपाली साहित्य परिषद झापाका अध्यक्ष देवेन्द्रकिशोर ढुंगानाले संयुक्त शोक बक्तब्य जारी गर्दै भनेको छ “महाकवि लक्ष्मी प्रसाद देवकोटा पछिका सर्वाधिक जनप्रिय स्रष्टा राष्ट्रकवि माधव घिमिरेकाे मंगलवार साँझ ५:५५ बजे उहाँकै निवासमा स्वर्गाराेहण भएको समाचारले स्तब्ध भएको छु, आज नेपाली समाजले साहित्यको युग-पुरुष गुमाएको मेरो बुझाई छ, नेपाल र नेपालीले साहित्य क्षेत्रको ध्रुव तारा अस्ताएको पीडा बोध गर्दै होलान् !

यो हाम्रो लागी अपुर्णिय क्षति हो, जसको भरपाई सायद आउने सयकडौं-हजारौं वर्षसम्म असम्भव होला ।” बक्तब्यमा भनेको छ कि सयकडौँ-हजारौं कृतिहरु, लेख-रचना, अनुवादहरु, पुस्तकहरुका रचनाकार, प्रकाशक, लेखक एवं सयकडौं मान, पदवी, विभुषण, सम्मानले विभुषित श्रद्धय राष्ट्र-कवि माधव घिमिरे ज्युलाई सत सत नमन एवं आश्रुपुरित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं !

साथै शोक-स्तब्ध परिवारजनमा संवेदना प्रकट गर्नुका साथै पशुपतिनाथले धैर्य-धारण गर्न आत्मबल प्रदान गरोस भन्ने कामना एवं प्रर्थना पनि ! राष्ट्र-कविलाई बैकुण्ठ बाँस होस् , यो मृत-भुवनमा प्राप्त सम्मान वहाँलाई बैकुण्ठ धाममा पनि प्राप्त होस् ! वहाँले साहित्य क्षेत्रमा गर्नु भएको लगानी, योगदान र मार्गदर्शनले युगौं-युग सम्म वहाँको कृति बखान गर्नुका साथसाथै देश र समाजलाई सुर्यको किरण झैं मार्गदर्शन गरिरहने छ ।

“डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले बोकी ल्यायो बकुल वनको वास मीठो हावाले । डाकी मौरी मधुर रसमा लेक पाक्यो गुह्ँली गोठालाले वनवन डुली हाल्न थल्यो सुसेली ।।” सत सत नमन !! भावपूर्ण आश्रुपुरित हार्दिक श्रद्धाञ्जली !!

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार