दिनेश कार्की गाईघाट । सुनसरीका किसानलाई भारतीय तस्करहरुले रसायनिक मल युरियाको बोरामा गाईवस्तुलाई खुवाउने नुन मिसाव गरी बिक्री गर्ने गरेको फेला परेको छ ।
सुनसरीका किसानहरुले कृषि सामग्रीमार्फत साझा तथा विभिन्न कृषि सहकारीहरुमा आउने युरिया यस वर्ष नपाएपछि भारतबाट तस्करी गरी ल्याईएका युरिया मल खेतमा हाल्दै आएका थिए । धानखेतीमा नुन मिसिएको युरिया हालेका किसानले धानमा रोग लागेको भन्दै कृषि प्राविधिकसँग परामर्श गरी विभिन्न रोगका किटनाशक औषधी छर्कदै आएका थिए ।
धानखेतीमा रोगसँगै तस्करहरुको ठगीमा परेका किसानले यस वर्ष लकडाउन र समयमा सरकारले किसानलाई युरिया, डिएपी उपलब्ध गराउन नसक्दा थप पीडित बन्नु परेको गुनासो गरेका छन । इनरुवाको डुम्राहा, मधेशा, रामधुनीको सितपुर, सिंगीया क्षेत्रका किसानहरुले युरिया मल खेलमा हालेपछि धानको बोट सुक्दै रातो र पहेलो हुन थालेपछि धान खेतमा हालेको मल परिक्षण गर्दा युरियामा नुन मिसावट गरेको फेला पारेका हुन ।
डुम्राहाका किसान आशनारायण चौधरीले भने, ‘भुटाहा बजारबाट दुई दर्जनबढी किसानहरुले दुई हप्ता अगाडि तस्करहरु मार्फत युरिया मल खरिद गरी धानखेतमा हालेका थिए पछि धानको बोट सुक्ने, पहेलो रातो हुने क्रम बढ्दै गएपछि युरिया परिक्षण गर्दा नुन मिसाएर बिक्री गरेको तथ्य खुलेको हो । सिंगियाका किसान बुधनारायण चौधरील भुटाहाबाट गाउँ घरमा युरिया मल बिक्री गर्न ल्याएका तस्करहरुले बोरामा मलभन्दा गाई वस्तुलाई खुवाउने सेतो मैलो मैलो रङको नुन मिसाएको फेला परेपछि धानखेती रोगले नभएर नुन हाल्दा बोट सुक्ने रातो पहेलो हुने गरेको थाहाँ पाएको बताए ।
डुम्राहाका अर्का किसान रामहरी भट्टराईले गाउँमा युरियामा गाई वस्तुलाई खुवाउने नुन मिसाएर तस्करहरुले बिक्री गर्ने गरेको गाईगुई हल्ला चलेपछि युरिया मल लिएर आएका भुटाहातिरका तस्करलाई केरकार गर्दा उनले समुहमा एकै पटक ५० देखि १ सय बोरा मल बिक्री गर्न आउनेहरुले पाँच वोरा युरियामा तीन बोरा नुन मिसाउने गरेको बताएपछि तस्करहरुको ठगी धन्दाले किसानहरु बर्वाद भएको तथ्य खुलेको बताए । भारतमा गाईवस्तुलाई खुवाउने खुल्ला नुन तीन रुपैयाँ प्रति केजीको मुल्यमा पाईने भएकाले तस्करहरुले ठगी गरेर छिटो धेरै रकम कमाउन ४० रुपैयाँ प्रति केजी मुल्य पर्ने युरियामा नुन मिसावट गर्न थालेको किसानहरु बताउँछन ।
धानखेतमा झार गोडिसकेपछि उत्पादन बढाउन सामान्यतः धान रोपेको एक महिनामा खेतमा युरिया मल हाल्नु पर्ने भएकाले रासायनिक मल बजारमा नहुँदा गुणस्तहीन भारतीय बजारमा स्थानीय रुपमा उत्पादन गरेको खाद्य मल हाल्न किसान बाध्य हुँदै आएका छन ।

Devendra Dhungana
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार