हल्दिवारी l राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे, नेपाल) ले आफ्नो २४ औं वार्षिक उत्सवको अवसरमा ‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिताको घोषणा गरेको छ ।

मंगलबार साँझ भएको भर्चुअल कार्यक्रमका बीच सम्पन्न भएको वार्षिक उत्सव समारोहमा एनएफपिजे, नेपालका महासचिव प्रदिपराज वन्तले ‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिताको घोषणा गर्नुभएको हो ।

प्रत्येक प्रतियोगिले लकडाउनको अवधिमा खिचिएका ३ वटा फोटो पठाउन सक्ने र प्रत्येक उत्कृष्ट १० विजेता फोटो पत्रकार तथा फोटोग्राफरहरुलाई जनही १० हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गर्ने महासचिव वन्तले बताउनु भएको छ ।

उक्त प्रतियोगितामा एनएफपिजेका संस्थापक अध्यक्ष तथा वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्की, एनएफपिजेका पूर्व अध्यक्षहरु मिनरत्न बज्राचार्य, विकास रौनियार, कविन्द्रमान शाक्य, राजभाइ सुवाल र ३६० म्यागाजिनका सम्पादक चारु चड्डाले निर्णायकको भूमिका निर्वाह गर्ने बताईएको छ ।

प्रतियोगितामा सगभागिता जनाउनको लागि राष्ट्रिय फोटो पत्रकार समूहको आधिकारीक वेभसाइट ww.nfpjnepal.com र [email protected] इमेल मार्फत फोटोको पूर्ण विवरण क्याप्सन सहित फोटो पठाउनु पर्ने छ ।

फोटो पठाउँदा पालना गर्नु पर्ने शर्तहरुः

  • फोटो १२ x१८ इन्चको ३०० रिजोलुसनको हुनु पर्ने छ ।
  • फोटोको स्पष्ट विवरण उल्लेख हुनु पर्ने छ ।
  • फोटो लकडाउन अवधिभर २०७६ चैत्र ११ गते देखी ०७७ भाद्र मसान्त सम्मको हुनु पर्ने छ ।
  • फोटो नेपालमा र नेपालीले खिचेको हुनुपर्ने छ ।
  • प्रतियोगितामा समावेस भएका फोटोहरुको बौद्धिक सम्पती हकदावीको जिम्मेवारी स्वयम् फोटोग्राफरमा हुने छ ।
  • प्रतियोगितामा समावेस गरिएको फोटो अनावश्यक सम्पादान गरिएको पाइएमा मान्य हुने छैन ।
  • फोटो पठाउने अन्तिमितिः– फोटो प्रतियोगितामा सहभागी हुने अन्तिम मिति २०७७ साल असोज मसान्त सम्म ।

थप जानकारीकालागी
९८५१०४४८३५
९८४१८९५८११
९८४१८५१९२५

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार