झापा – कतारमा सडक दुर्घटनामा परि झापा जिल्लाका एक युवाको मृत्यु भएको कतार स्थित नेपाली दूतावासले जनाएको छ । ट्रक दुर्घटनामा परि झापा जिल्लाको झापा गाउँपालिका-३ कामाटोली बजारमा स्थायी घर भएका पशुपति शाहको घटना स्थकमै निधन भएको त्यहाका सञ्चारमाध्यमले जनाएका छ्न ।

बिगत ८ वर्ष देखि कतारमा डाइभिङ्ग गर्दै आएका उनको आफुले चलाएको ट्रक दुर्घटनामा परि निधन भएको हो । शुक्रबार राती भएको दुर्घटनामा उनको दुखद निधन भएको प्राप्त समाचारमा बताइएको छ । छ।

कामाटोली बजारमा सामान्य परिवारका उनका श्रीमती र दुई छोरा रहेका छ्न । दुर्घटना परि मृत्यु भएका शाहको आवस्यक कागजात पूरा गरि सकि सक्दो चाडो नेपाल पठाउन संबंधित निकायमा प्रक्रिया अघि बढी सकेको नेपाली दूतावास ले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार