दोहा – रोजगारीका लागि कुवेत पुगेका एक नेपालीको मृ त्यु भएको छ । मृ त्यु हुनेमा तेह्रथुमका खम्बा सिङ गुरुङ रहेका छन् । उनको उपचारका क्रममा मृ त्यु भएको बताइएको छ । विगत दुई हप्तादेखि कुवेतको अल सभा टिवी हस्पिटलमा उपचाररत उनको नि धन भएको बताइएको छ ।

आदान अस्पतालले टिवी रोग भएको प्रमाणित गरेपछि थप उपचारको लागि अल सभाको टिवि अस्पतालमा रिफर गरेको थियो र उपचारकै क्रममा उनको मृ त्यु भएको बताइएको छ ।

मृतक गुरुङ करिव चार बर्ष अघि कुवेतको एनएस कम्पनीमा पुगेको र पछि मेडिकल चेकअप गर्दा अनफिट भएपछि कम्पनीले नेपाल फर्किन राहदानी उपलब्ध गराएपछि अबैधानिक तरिकाले काम गर्दै आएका थिए । नेपाल र कुवेत दुबै तिरबाट उडानमा प्रतिबन्ध लगाएकोले श व नेपाल ल्याउन केही ढिलो हुने बताइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार