प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक बाटो प्रयोग गर्दै सर्वोच्च अदालत पुगेका छन् । सर्वोच्चको गेटमा नेपाल बार एसोसिएसनका वकिलहरूले धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिएपछि उनी वैकल्पिक बाटोबाट सर्वोच्च पुगेका हुन् ।

उनी सर्वोच्च अदालतको १ नम्बर गेट हुँदै अदालत प्रवेश गरेका हुन् । सर्वोच्च अदालतका सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई गेटमै रोक्न धर्ना दिएका थिए । त्यस्तै आज सर्वोच्च अदालत परिसरमा आन्दोलनरत वकिल र प्रहरीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने घोषणा माग गर्दै धर्ना दिन सर्वोच्च अदालत परिसर पुगेका कानुन व्यवसायीहरुलाई प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रधान्यायाधीशले सरकार र संवैधानिक निकायमा भागबन्डा मागेको, अदालतमा अनियमितता, विसंगति र विचौलिया रोक्ने उपायस्वरूप न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेसी तोक्दा गोलाप्रथा लागू गर्ने सुझाव कार्यान्वयन नगरेको भन्दै नेपाल बारले उनको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार