विश्व चर्चित खेलाडी तथा ब्राजिलका स्टार नेयमारले आउँदो खेल गुमाउने भएका छन् । कतारमा हुन लागेको फिफा विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाविरुद्ध हुने खेल नेयमार गुमाउने भएका हुन् । उनी देब्रे खुट्टाका कारण खेल्न नसक्ने अवस्थामा रहेकोले बुधबार हुने अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन् । सोमबार बिहान प्रशिक्षणका दौराना नेयमारको देब्रे तिघ्रामा चोट लागेको हो ।

बुधबार बिहान हुने खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भने खेल्नेछन् । खेलमा मेस्सीको सानदार प्रदर्शन रहने आशा गरिएको छ । अहिले नेयमार र मेस्सी एउटै क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार