बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका- ५  स्थित सुनगाभा इङ्लिस स्कुलका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् ।  विद्यालयका शिक्षक विकास पोखरेलले कक्षा ३ मा अध्ययनरत ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनालाई बुधवार कक्षा कोठामा कुटपिट गरेका हुन् ।

सरले पढाएको कुरा आफूलाई सोधेको र भन्न नसक्दा कुटेको पीडित विद्यार्थी तिम्सिनाले बताए । उनका अनुसार सरले छडीले खुट्टा, ढाँड र गालीमा एक सय पटक कुट्नु भयो । सरको कुटाइबाट खुट्टा नीलडाम बनेको र असाध्यै दुखिरहेको उनले बताए । विद्यालयमा सरको कुटाई खेप्नै नसकेको उनको भनाई छ ।

विद्यार्थी तिम्सिनालाई शिक्षक पोखरेले कुटपिट गरेको घटना अभिभावकले थाहा पाएपछि अभिभावकसहित स्थानीयवासी बिहीबार विद्यालय पुगेका थिए । अभिभावकसहित स्थानीय विद्यालय पुग्नु अघि नै विद्यालयले शिक्षकलाई त्यहाँबाट भगाइसकेको स्थानीयहरू बताउँछन् । विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकले माफी माग्नु पर्ने  र त्यसपछि मात्र कानुनी कारबाही अघि बढाउने उनीहरूको भनाई छ । छोरालाई शिक्षकले खुट्टामा कुटेको दृश्य हेर्न नसकेको उनका आमा अञ्जना तिम्सिना को भनाइ छ । ‘यस विद्यालयप्रति मलाई धेरै विश्वास थियो, तर त्यो विश्वास अब रहेन,’ उनले भनिन्, ‘शिक्षकलाई छोरालाई कुटपिट गरेको कुरा थाहा थिएन, ३ बजे विद्यालयबाट फोन आएपछि म त्यहाँ पुगे, छोराको खुट्टामा नीलडाम हेरेपछि मैले त्यहाँ केही बोल्नै सकिन ।’ विद्यालयमा शिक्षकले कसरी पढाइरहेको छ । ‘मेरो नानीले गृहकार्य गरेको छैन वा केही जान्दैन, पढाइमा कमजोर छ भनी विद्यालयले खबर गर्नु पर्दैन ? पढेको कुरा नजान्दा त्यसरी विद्यार्थीलाई कुटपिट गर्ने पाउँछ ?,’ उनले भनिन ।

यता विद्यालयले घटना मिलाउन कोठे सहमति गरेका थिए । विद्यालयले पीडित विद्यार्थीको अभिभावक र कुटपिट गर्ने शिक्षकलाई उपस्थित नगराई जनप्रतिनिधि राखेर कोठे सहमति गरेको बताइएको छ । सो सहमति मान्य नहुने भन्दै अभिभावक र स्थानीयले त्यसको विरोध गरेका छन् । यता विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले विद्यालयमा उपस्थिति सञ्चारकर्मीलाई भिडियो तथा फोटो नखिच्न आग्रह गरेका थिए । उनले शिक्षकले गरेको गल्तीले विद्यालयको नाम लेखेर बदनाम नगराउन उनले आग्रह समेत गरेका थिए । तर, प्रधानाध्यापक श्रेष्ठले नै शिक्षकलाई संरक्षण गर्न खोजेको अभिभावकहरूले आरोप समेत लगाउँदै आएका छन् ।टाइम अफ प्रदेशबाट साभार 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार