हल्दिबारी , १८ मङ्सिर – देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ७९७ जनाको पिसीआर परीक्षण गरिएको थियो ।यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार ३९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ५८७ पुगेको छ । पछिल्लो समय थप ३९२ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख चार हजार २०८ पुगेको छ । निको हुनेदर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पाँचको मृत्यु -पछिल्लो २४ घण्टामा कोरोनाबाट पाँच जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४० पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ३० हजार ६८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ५४४ रहेको छ ।

हाल होमआइसोलेशनमा छ हजार ३९७, संस्थागत आइसोलेशनमा ३४७, सघन उपचारकक्षमा १०६ र भेन्टिलेटरमा ३२ जनाको उपचार हुँदैछ ।रासस

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार