कविता : श्रमिक दिबसको शुभकामना

म एउटा ,परिश्रमी हु,
मैले मालिकलाई ,हसाँई रहेको छु।
मैले , बिर्सेर आफुलाई ,
उसको संसारलाई ,सजाई रहेको छु।
किनकि म , गरीबीमा छु,
म आफै , हाँसेको छु।
आफ्नै भोक , प्यासलाई भुली,
कर्तव्यमा नै , रमाएको छु।
जब पसिनाले भिजेर , बग्दछ शरीर,
म त्यहाँ मेहनतका , सुखहरु पाउदछु।
देख्दछु त्यही सुखमा , मेरो परिवार हाँसेको,
त्यही खुशीले होला, परिश्रमकै गीत गाई रहेछु।।
स्वप्नमा सजाएर , ती कल्पनाहरु,
उमंगको लहरले , जब तर्दछु।
शरीरका अंग हरुलाई , जिवित पारी,
हौसला ले यो , जीवन भर्दछु।।
जब पसिनालाई फलाई, बनाउछु मोतीका दाना,
तब ईमान्दारीताले म , आफै गर्व गर्दछु।
सजाएर मालिकका डाईनिङ् मा , चौरासी ब्यन्जन खाना,
उसैमा समर्पित भई , स्वागतले सम्मान भर्दछु।।

✍️  जोगेन्द्र प्रसाद राजवंशी 
कचनकबल – ३, दल्की झापा
हाल : मलेशिया

One Reply to “कविता : श्रमिक दिबसको शुभकामना”

Comments are closed.