जेठ ६ , २०७९ l काठमाडौं महानगरपलिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३० हजार मत कटाएका छन् ।

शुक्रबार राति १० बजेको अध्यावधिक विवरणअनुसार उनले ३० हजार ८५८ मत पाएका हुन् ।

यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले १५ हजार ९६० मत पाउँदा एमालेका केशव स्थापितले १६ हजार ३३७ मत पाएका छन् । हालसम्म काठमाडौंमा ८१ हजार हाराहारीमा मतगणना भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार