हल्दिवारी/ झापा ,२१ असार । हल्दिवारी गाउँपालिकामा ” गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम ” अन्तरगत एकदिने “बजारीकरणमा पहुँच सम्बन्धि अभिमुखिकरण” कार्यक्रम सम्पन्न भएको छ ।

हल्दिवारी गाउँपालिका , हल्दिवारी उधोग बाणिज्य संघ र सरोकारवालाहरु बिच स्थानीय तहमा उत्पादन गरिएका सामाग्रीहरुलाई कसरी बजार सम्म पुर्याएर व्यवसाय गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियोे । उक्त अवसरमा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले महिला व्यवसायीहरुलाई कर छुट देखि बैंक बाट सहुलियत दरमा ऋणको लागि समेत समन्वय गरी अगाडि बड्ने बताउनु भएको छ ।

हल्दिवारी उधोग बाणिज्य संघको सहकार्यमा स्थानीय उत्पादनलाई महत्त्वका साथ बजार व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्ने समेत अध्यक्ष लिङ्गदेनले प्रतिबद्धता जायर गर्नु भएको थियोे ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली ,हल्दिवारी उधोग बाणिज्य संघका सचीव नेत्र बिक्रम बिमलि ,कोषाध्यक्ष सुरेन्द्र बारकोटी , सदस्य शान्ता सिवाकोटी ,धनकुमारी गुरुङ लगायतले उपस्थित सरोकारवालाले राखेका जिज्ञासाहरुको जवाफ दिनु भएको थियोे ।

हल्दिवारी गाउँपालिका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी राजन न्यौपानेले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नु भएको कार्यक्रमको सहजीकरण लघु उधम कार्यक्रम सहजकर्ता झुमा ढकालले गर्नु भएको थियोे ।

MVI_5864

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार