एजेन्सी । ब्राजिलियन फरवार्ड रोबर्ट फर्मिन्होले दुई गोल गर्दै तीन एसिस्ट दिएको खेलमा लिभरपुरले इङ्लिस प्रिमियर लिगमा शानदार जीत निकालेको छ । गएराति घरेलु मैदानम भएको खेलम एएफसी बर्नामाउथलाई ९-० गोलले पराजित गर्दै लिभरपुलले सिजनको पहिलो जीत निकालेको हो ।

एनफिल्डमा भएको खेलमा लिभरपुललाई जीत दिलाउन फर्मिन्हो र लुइस डियासले दुई/दुई गोल गर्दा हार्भे एलिओट, ट्रेन्ट एलेक्सान्डर अर्नोल्ड, भर्जिल भान डिजेक र फाबिओ कार्भालोले समान एक/एक गोल गरे । लिभरपुलले एक गोल भने उपहार पाएको हो ।

जीतसँगै लिभरपुल ४ खेलबाट ५ अङ्क जोड्दै लिगको सातौं स्थानमा उक्लिएको छ । पराजित बर्नामाउथ समान खेलबाट ३ अंकको साथ् १६ औं स्थानमा रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार